मन्त्री लिम्बूले गरे स्कूल भवनको उदघाटन

IMG-20250628-WA0118

गान्तोक: सिक्किम सरकारका भवन तथा आवास विभागीय मन्त्री भीमहाङ लिम्बूले आज गेजिङ जिल्लाअन्तर्गत सरकारी नम्बु निम्न माध्यमिक विद्यालय भवनको उदघाटन गरे। सामाजिक न्याया एवं कल्याण विभागको योजनाअन्तर्गत निर्मित दुईतले विद्यालय भवनमा छवटा कोठाहरू रहेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बूले यस विद्यालयको भवन निर्माणको निम्ति व्यक्ति र अधिकारीहरूले सामुहिकरूपमा योगदान पुऱ्याएकोमा आभार प्रकट गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङले शिक्षालाई प्राथमिकता दिएर काम गरिरहेको मन्त्रीले जानकारी गराए। मन्त्री लिम्बूले राज्यको सरकारी विद्यालयहरूमा विद्यार्थीहरूको भर्ना संख्यामा कमी आएको बताउँदै यसको निम्ति सबै अभिभावकहरूलाई सरकारी विद्यालयमा पढाउनुपर्ने आग्रह गरे। विशेष गरेर सरकारले सरकारी विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूलाई सबै प्रकारको सहयोग र सुविधा प्रदान गर्दै आइरहेको किटान गरे। मन्त्रीले आगामी दिनहरूमा विद्यालयको सबै आवश्यक पूर्वाधारहरू निर्माण गर्ने आश्वासन पनि दिए। उनले थप जानकारी गराएअनुसार धेरै विकासका कार्यहरू योजनामा रहेको बताउँदै याङथाङ निर्वाचन क्षेत्रको विकासको रूपरेखाबारे प्रकास पारे। राज्य सरकारको विकास र दृष्टिकोणको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न रचनात्मक सोचका साथ एकसाथ अघि आउन स्थानीयहरूलाई आह्वान पनि गरे। सोही प्रकारले वार्ड पञ्चायत पासाङ छिरिङ भोटिया र पूर्व छात्र संघका अध्यक्ष डम्बरबहादुर राईले पनि कार्यक्रमलाई सम्बोधन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement