पर्यटन मन्त्री भोटिया ‘कनेक्ट टु अर्थ’ मा सामेल

IMG-20250628-WA0119

गान्तोक: पर्यटन, नागरिक उड्डयन तथा वाणिज्य एवं उद्दयोग विभागीय मन्त्री छिरिङ टी. भोटियाले आज कनेक्ट टु अर्थ पहलको एक भागको रूपमा रुम्तेकस्थित साजोङमा सञ्चालित इन्स्टिट्यूट अफ् होटल म्यानेजेन्ट परिसरमा सामुहिकरूपमा बिरूवा रोपन गरे। यसका साथै सागसब्जी उत्पादनको निम्ति पहल शुरू गरे। उल्लेखनीय छ, मुख्यमन्त्री तामाङले गत वर्ष २०२३ मा शुरू गरेको कनेक्ट टु अर्थ पहलले मानिस र प्रकृतिबीचको गहिरो सम्बन्धलाई बढावा दिने लक्ष्य राखेको छ। यस कार्यक्रमले सिक्किमलाई प्रकृति प्रेमीहरूको केन्द्रकोरूपमा परिकल्पना गरेको छ। जसले व्यक्ति र परिवारहरूलाई खेतीका लागि जमीन आरक्षित गर्ने अवसर प्रदान गरेको छ। सिक्किम राज्य स्थापना दिवसको ५०औं वर्षगाँठको अवसरमा राज्य सरकारले विशेष गरेर पर्यावरण संरक्षणमाथि जोड दिँदै यसलाई दिगोरूपमा संरक्षण गर्नुपर्ने विषयलाई प्राथमिकता दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement