खरसाङमा दुई दिवसीय क्यारम प्रतियोगिता शुरु

IMG-20250628-WA0101

खरसाङ: खरसाङ महकुमा खेलकूद संघ अनि स्याङ्देन परिवारको संयुक्त आयोजना सम्पन्न भइरहेको स्व. धर्मे तामाङ, स्व. राजु तामाङ अनि शोभा तामाङ थापा स्मृति दुई दिवसीय क्यारम प्रतियोगिता आजदेखि प्रारम्भ भएको छ। यी सबै खेलहरू खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न भइरहेको छ। यस प्रतियोगिता दुई वर्गहरु एकल अनि युगल वर्गमा भईरहेको छ भने एकल वर्गमा २८ जना प्रतियोगीहरु र युगलमा ९ जोडी प्रतियोगीहरूले भाग लिएका छन्। प्रतियोगिता शुरु हुन अघि दिवंगत आत्माको तस्वीरमा स्व धर्मे तामाङ्की पत्नी काइली तामाङ, खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पा, खरसाङ मह‌कुमा खेलकुद संघका सभापति मोहन योञ्जन, प्रमुख संरक्षक एसबी सुनवार, धर्मे तामाङका जेठा छोरा फूर्बा तामाङले खदा, धूप दीप प्रज्वलन गरेका थिए। त्यसपछि दिवंगत आत्माको शान्तिको निम्ति एक मिनटको मौन धारण गरियो। त्यसपछि खरसाङ महकुमा खेलकूद संघको तर्फबाट स्याङ्देन परिवारका सदस्यहरुलाई खदा लगाई अभिवादन टुक्राइएको छ। त्यसपछि सभासद श्याम शेर्पाले क्यारम प्रतियोगिताको विधिवत उद्घाटन भएको घोषणा गरेका छन्। आज प्रतियोगिताको प्रथम दिन क्वाटर फाइनलसम्मका खेलहरु खेलाइएको थियो।‌एकलमा आकाशवाणी खरसाङको बिपन आले, ललित शिवा अनि नकुल छेत्री र निखिल रावतले सेमी फाइनलमा स्थान बनाएको छ भने युगल वर्गमा प्रभास अनि पार्टनरको भिडन्त बिपन अनि पार्टनरसित हुनेछ।‌त्यसरी नै दोस्रो सेमीफाइनलमा प्रमीर अनि पार्टनरको भिडन्त याङ्गदन अनि पार्टनरसित हुनेछ।
यी सबै सेमी फाइनल खेलहरू अनि फाइनल खेल २९ जून २०२५ आईतबार हुने भएको छ। आजको खेलहरु विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको उप सभापति फूर्बा घिसिङ्गले विस्तृत जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement