रंगबुलमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन र पोकसोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न

IMG-20250628-WA0087

सोनादा: अजम्बरी संघ सार्वजनिक भवन गुराँस डाँडा ४६० पूल रंगबुलमा दार्जिलिङ पुलिस, जोरबंगलो थाना अनि दार्जिलिङ लिगल सर्भिस अथोरोटीको तत्वधानमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन , पोकसोमाथि सचेतनामूलक कार्यक्रम गरियो। उक्त कार्यक्रमको सभापति जोरबंगलो थाना प्रभारी निरज राईको अध्यक्षतामा गरियो भने प्रमुख अतिथिमा डीएसपी टाउन उज्ज्वल सरकार, सीआई सदर पार्थव सारथी चन्दा, एसआई निरज सुन्दास, ट्राफिक एसआई दिपेन्द्र भुजेल, एसआई बिनयकुमार तामाङ, डिस्ट्रिक लिगल सर्भिस अथोरोटिबाट रिटनल लोयर जयन्ती देवान् प्यारा लिगल भोलिन्टयर दुवै रीना राया जोशिका राईहरूबाट जनचेतनामूलक कुराहरू राखेका थिए। आजको उक्त कार्यक्रममा ११ वटा समाजका सभापति सचिवहरू रंगबुल फुटबल एकेडमी, युनाइटेड रंगबुल फुटबल क्लब, रंगबुल ग्राम पञ्चायत सदस्यहरू, हाम्रो प्यारो रंगबुल सोसियल मिडियाहरू विद्यार्थीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमलाई शिक्षक सेरेप छिरीङ लेप्चाले सञ्चालन गरेका थिए भनी सुवास ठकुरीले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement