वेष्ट इण्डिजविरुद्ध पहिलो टेस्ट म्याचमा अष्ट्रेलियाको १५९ रनले जीत

IMG-20250628-WA0071

ब्रीजटाउन: अष्ट्रेलियाले उतार-चड़ाउले भरिएको पहिलो टेस्ट म्याचमा आयोजक वेष्ट इण्डिजलाई १५९ पराजित गऱ्यो। यस जीतको साथै अष्ट्रेलियाले ३ वटा टेस्ट म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। जीतको निम्ति वेष्ट इण्डिजलाई ३०१ रन बनाउने लक्ष्य प्राप्त भएको थियो तर आयोजक टीम आफ्नो दोस्रो ईनिंग्समा केवल १४१ रन बनाएर अलआउट भयो। यसरी पेस बलरहरूले जीतको सपना देखाए पनि ब्याटरहरूका लगातार निराशाजनक प्रदर्शनले गर्दा वेष्ट इण्डिजले म्याच गुमाउनु पऱ्यो। म्याचमा अष्ट्रेलियाले पहिला ब्याटिंग गर्दै आफ्नो पहिलो ईनिंग्समा केवल १८० रन बनाएको थियो। त्यसपछि वेष्ट इण्डिजले १९० रन बनाएर पहिलो ईनिंग्सको आधारमा १० रनको बढ़त हासिल गरेको थियो। अष्ट्रेलियाले पछिबाट आफ्नो दोस्रो ईनिंग्समा ३१० रन बनाउँदा वेष्ट इण्डिजलाई ३०१ रनको लक्ष्य हासिल भएको थियो। वेष्ट इण्डिजको दोस्रो ईनिंग्समा दशौं नम्बरमा ब्याटिंग गर्ने पेस बलर शमार जोसेफले सर्वाधिक ४४ रन बनाए। उनले २२ बल खेलेर ४ वटा छक्का र ४ वटा चौका लगाए। यसबाहेक जस्टिन ग्रीव्सले ३८, ओपनर जन क्याम्पबेलले २३ र केसी कार्टीले २० रन बनाए। यी ४ जनाबाहेक अन्य कसैले पनि ४ रनभन्दा अधिक स्कोर गर्न सकेनन्। अष्ट्रेलियाई बलरहरूमा जोश हेजलवुडले सर्वाधिक ४ विकेट लिए। यस लो स्कोरिंग टेस्ट म्याचको दुवै ईनिंग्समा अर्द्धशतक बनाउने अष्ट्रेलियाका ट्रेविस हेड (५९ र ६१ रन)-ले प्लेयर अव् द म्याचको पुरस्कार हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement