लण्डन: स्टार फूटबलर क्रिस्टियानो रोनाल्डोले समस्त अड़कलबाजीहरूमा विराम लगाउँदै सऊदी अरबको क्लब अल नस्रसँग २ सालको निम्ति अनुबन्ध बढ़ाएका छन्। पोर्तुगलका दिग्गज खेलाड़ी रोनाल्डोलाई अब कम्तीमा ४२ सालसम्म खेलिरहेको देख्न सकिनेछ, जसले उनलाई आफ्नो रेकर्डमा लगातार सुधार गर्ने मौका प्राप्त हुनेछ। रोनाल्डोले आफ्नो सोशल मीडिया पोस्टमा लेखेका छन्, एउटा नयाँ अध्याय शुरु। त्यही जोश, त्यही सपना। आउनुहोस्, मिलेर इतिहास रचौं। ५ पल्टका बेलोन डीओर विजेता रोनाल्डो २०२२-मा म्यानचेष्टर युनाइटेड छोड़ेर सऊदी अरबको क्लबमा सामेल भएका थिए। त्यस समय अनुबन्ध राशि वार्षिक २०० मिलियन डलर (लगभग १७१२ करोड़ रुपियाँ) रहेको थियो। रोनाल्डोको साथमा नेमार, करीम बेञ्जेमा र सेडियो मानेसहित एकाधिक शीर्ष खेलाड़ीहरू यूरोप छोड़ेर सऊदी अरब गएका थिए। सऊदी प्रो लीगको सीजन समाप्त भएपछि धेरैले रोनाल्डोले अल नस्र छोड़्ने अड़कल लगाएका थिए तर पोर्तुगलका दिग्गज फूटबलरले त्यसमा विराम लगाएका छन्। रोनाल्डोको उत्कृष्ट प्रदर्शनको सहायताले पोर्तुगलले हालै यूएफा नेशन्स लीगको खिताब जितेको थियो। उनले अब आउँदो साल हुने फिफा वर्ल्ड कपमा हिस्सा लिने प्रबल सम्भावना छ।