नयाँ दिल्ली: राष्ट्रिय खेलहरूमा धेरै पदक जित्ने मध्यम दूरीकी धाविका ट्विंकल चौधरीलाई प्रतिबन्धित स्टेरोयडको निम्ति पोजिटिभ पाइएपछि एथलेटिक्स इण्टिग्रिटी यूनिट (एईयू)-ले अस्थायी रूपले निलम्बित गऱ्यो। यस २८ वर्षीय धाविकाले सालको शुरुवातमा उत्तराखण्डमा भएको राष्ट्रिय खेहरूमा ४ गुणा ४०० मीटर महिला रिले स्पर्धा स्वर्ण पदक जितेकी थिइन्। यसबाहेक उनले ८०० मीटर दौड़मा रजत र ४ गुणा ४०० मीटर मिश्रित रिलेमा काँस्य पदक पनि जितेकी थिइन्। ट्विंकललाई प्रतिबन्धित एनाबोलिक स्टेरोयड मिथाइलटेस्टोस्टेरोनको मामिलामा पोजिटिभ पाइएको छ। एआईयू-ले यस मामिलामा उनलाई नोटिस जारी गरेको छ। अब यस मामिलाको सुनुवाईमा एथलीटले आफ्नो पक्ष राख्ने मौका पाउनेछिन्। जालन्धरकी एथलीट ट्विंकलले अप्रेलमा कोच्चिमा भएको २८औं राष्ट्रिय महासंघ सीनियर एथलेटिक्स च्याम्पियनशीपमा ८०० मीटरको स्पर्धामा २ मिनट ००:७१ सेकेण्डको समयसहित नयाँ मीट रेकर्ड बनाएकी थिइन्। यस महिनाको शुरुवातमा उनले ताइवान ओपनमा ८०० मीटर स्पर्धामा रजत पदक हासिल गरेकी थिइन्। यसबीच ट्विंकलको निलम्बनले देशको निम्ति समस्या बढ़ेको छ कारण भारतको अन्तर्राष्ट्रिय स्तरमा डोपिंगको मामिलामा रेकर्ड खराब रहेको छ।