सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डनको ड्र घोषित

IMG-20250628-WA0031

नयाँ दिल्ली: सालको तेस्रो तथा सबैभन्दा प्रतिष्ठित ग्राण्ड स्ल्याम विम्बल्डनको आयोजक अल ईंग्ल्याण्ड लन टेनिस क्लबले च्याम्पियनशीपको निम्ति ड्र-को घोषणा गऱ्यो। यस सालको फ्रेञ्च ओपन कोको गौफ, इगा स्वियातेक, यानिक सिनर, नोवाक जोकोविच र कार्लोस अल्कारेज जस्ता दिग्गज खेलाड़ीहरूबीच रोमाञ्चक भिड़न्तको सम्भावना छ। महिला एकलमा यस सालकी फ्रेञ्च ओपन च्याम्पियन अमेरिकाकी गौफले आफ्नो अभियानको शुरुवात युक्रेनकी दयाना यास्त्रेम्स्काविरुद्ध गर्नेछिन्। यसरी दोस्रो राउण्डमा उनको भिड़न्त २ पल्टकी अष्ट्रेलियन ओपन च्याम्पियन भिक्टोरिया अजारेंकासँग हुनसक्छ। विश्वकी नम्बर एक खेलाड़ी आर्यना सबालेंकालाई पराजित गरी फ्रेञ्च ओपनको खिताब जित्ने गौफ अब ग्रास कोर्टमा खेलिने यस ग्राण्ड स्ल्याममा छाप छोड़्न तयार छिन्। शुरुवाती म्याचहरू जित्न सके क्वार्टर फाइनलमा गौफको भिड़न्त आठौं वरीयता प्राप्त पोल्याण्डकी इगा स्वियातेकसँग हुनसक्छ। चारपल्टकी फ्रेञ्च ओपन च्याम्पियन स्वियातेकले पहिलो राउण्डमा पोलिना कुदेरेमेतावाको चुनौती स्वीकार्नेछिन्। शीर्ष वरीयता प्राप्त बेलारुसकी सबालेंकाले पहिलो राउण्डमा कनाडाकी कासेन ब्रानस्टीनविरुद्ध खेल्नेछिन्। ग्रास कोर्टमा आफ्नो आक्रामक खेलले गर्दा चिनिने सबालेंका यसपाली ट्रफी जित्ने लक्ष्य लिएर कोर्टमा ओर्लिनेछिन्। यसरी गत च्याम्पियन बारबोरा क्रेजसिकोवाले पहिलो राउण्डमा एलेक्जाण्ड्रा इयालाविरुद्ध खेल्नेछिन्।
पुरुष एकलको ड्र-मा शीर्ष वरीयता प्राप्त इटलीका यानिक सिनर र ७ पल्टका विम्बल्डन च्याम्पियन सर्बियाका जोकोविच एउटै हाफमा रहेका छन्। यसले गर्दा सेमिफाइनलमा यी दुई खेलाड़ीबीच भिड़न्तको सम्भावना रहेको छ। सिनरले आफ्नै देशका लुका नारदीविरुद्ध म्याचको साथ अभियान शुरु गर्नेछन्। यसरी ३८ वर्षीय जोकोविचले पहिलो राउण्डमा फ्रान्सका एलेक्जेण्डर मुलरको चुनौती स्वीकार्नेछन्। जोकोविच र सिनरबीच हालै फ्रेञ्च ओपन २०२५-को सेमिफाइनलमा भिड़न्त भएको थियो, जहाँ सिनरले सीधा सेटमा जीत हासिल गरेका थिए। स्पेनका स्टार खेलाड़ी तथा गत २ पल्टका विम्बल्डन च्याम्पियन कार्लोस अल्कारेजले पहिलो राउण्डमा इटलीका फेबियो फोगनिनीविरुद्ध खेल्नेछन्। बाईस वर्षीय स्पेनिश खेलाड़ी विम्बल्डनमा गत १८ वटा म्याचदेखि अजेय रहेका छन् अनि उनको लक्ष्य करियरको पाँचौं ग्राण्ड स्ल्याम जित्ने रहनेछ। विम्बल्डनको मुख्य ड्र-को म्याचहरू सोमवारदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement