नाम्ची: एसआईसीबीको क्षमता विकास विभागद्वारा प्रत्येक महिनाको चौथो शुक्रबार आयोजन गरिने सरसफाई अभियान सफलतापूर्वक आयोजन गरियो। यस अवसरमा सम्पूर्ण कर्मचारीहरूले उत्साहजनक सहभागिता जनाउँदै परिसरको सरसफाई गरेका थिए। यो अभियानको मुख्य उद्देश्य पर्यावरणको संरक्षण गर्नमा कर्मचारी साथै स्थानीय समुदायको भावना जगाउनु थियो। एसआईसीबी पर्यावरण संरक्षणप्रति सदैव सचेत रहेको र यसको निम्ति निरन्तर लागिपर्ने बताइएको छ।