मणिराममा धरती आभाबारे विशेष ग्रामसभा

IMG-20250627-WA0124

नाम्ची: नाम्ची जिल्लाको मणिराम फालीडाँडा ग्राम पञ्चायत यूनिटमा धरती आभा जनजातीय ग्राम उत्कर्ष समितिको विशेष ग्रामसभा सम्पन्न भयो। आइइसीको सहकार्यमा श्रवण कुमार पुरस्कार -२०२५ लाई केन्द्र गर्दै सभा आयोजन गरिएको थियो। उक्त कार्यक्रमको उद्देश्य जनजाति समुदायको समग्र विकास साथै उनीहरूलाई यस योजनाको माध्यमद्वारा सशक्तिकरण गराउनको साथै सचेत गराउने रहेको छ। कार्यक्रममा खण्ड विकास अधिकारी उपेन्द्र राई, पञ्चायत अध्यक्ष सोनाम तामाङ, उपाध्यक्ष टीकामाया प्रधान लगायत अन्यहरूको उपस्थिति रहेको थियो। यस अभियान अन्तर्गत जनजातीय समुदायलाई प्रदान गरिने विभिन्न सुविधाअन्तर्गत स्वास्थ्य, जीविकापोर्जन र पूर्वधारको विकास गर्दै उनीहरूलाई लाभ पुऱ्याउनु रहेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै खण्ड विकास अधिकारी उपेन्द्र राईले जनजाति समुदायलाई मुख्यधारामा ल्याएर विकासको कमिलाई पुरा गर्ने लक्ष्य राखिएको बताए। उनले आफ्नो अभिभावकहरुलाई उचित हेरचाह गर्ने सन्तानहरूलाई सरकारले श्रवण कुमार पुरस्कार प्रदान गर्ने यसको अवधारणा रहेको बताए। सोही क्रममा पञ्चायत अध्यक्ष सोनाम तामाङ र उपाध्यक्ष टीकामाया प्रधानले उक्त अभियानलाई ग्रामीणस्तरमा कार्यान्वयन गराउन आफ्नो तर्फबाट सहयोग पुऱ्याउने आश्वासन दिँदै यसलाई सफल तुल्याउन स्थानीयहरूलाई पनि सक्रियरूपमा सहभागी बन्नको निम्ति प्रोत्साहित गरे। कार्यक्रममा स्थानीय समुदायले उत्साहपूर्वक सहभागिता जनाएका थिए भने यस योजनाबाट प्राप्त गर्न सकिने विभिन्न प्रकारका लाभबारे चासो देखाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement