भानुजयन्ती समारोहमा राज्यपाललाई नेसापको निम्तो

IMG-20250627-WA0123

गान्तोक: नेपाली साहित्य परिषदको एक टोलीले राज्यपाल ओमप्रकाश माथुरलाई गान्तोकमा आयोजना हुने राज्यस्तरीय २११औँ भानुजयन्तीको पूर्वार्द्ध कार्यक्रममा मुख्य अतिथिका लागि आग्रह गऱ्यो। आज परिषदका अध्यक्ष हरि ढुङ्गेलको नेतृत्वमा गएको कार्यकारिणी सदस्यहरूका टोलीले राज्यपालसँग भेट गरी उक्त निम्तो गरेका हुन्। भेटको क्रममा परिषदले लिखित रूपमा उनलाई आग्रह पत्र अर्पण गऱ्यो। राज्यपालले सो कार्यक्रममा मुख्य अतिथिको रूप उपस्थित भई दिने आग्रहलाई स्वीकार गर्दै उपस्थित हुने प्रतिबद्धता व्यक्त गरेका थिए। परिषदका अध्यक्ष हरि ढुङ्गेलले यस वर्षको भानुजयन्ती ‘सिक्किम राज्यको स्वर्णजयन्ती: राष्ट्र स्वर्णिम उपलब्धि’ थीममा आयोजना हुने जानकारी पनि दिए। उनले भानुजयन्तीको पूर्वार्द्धको कार्यक्रम बिहान भानु उद्यानमा आयोजन हुने तथा उक्त कार्यक्रममा राज्यपालले सम्बोधन गर्ने विज्ञप्तिमा जानकारी गराए। उक्त कार्यक्रममा मुख्यमन्त्री पीएस तामाङ विशिष्ट अतिथिको रूपमा उपस्थित हुने जानकारी दिए। सो कार्यक्रम समाप्त पश्चात राज्यपाललाई बिदा दिए पश्चात शोभायात्रा आरम्भ हुने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement