सोरेङ: सोरेङ जिल्ला नार्को समन्वय समितिको मासिक समीक्षा सभा आज अतिरिक्त जिल्लापाल डीआर विष्टको अध्यक्षतामा सम्पन्न भयो। यस सभामा विशेष गरेर आजभन्दा एक महिना अघि सम्पन्न सभामा लिएको निर्णय र पारित गरिएको प्रस्तावबारे समीक्षा गरियो। सभामा अतिरिक्त जिल्लापालले गत दिनमा सम्पन्न सभामा लिएको निर्णय र कार्यान्वयन्बारे सम्वन्धित विभागलाई रिपोर्ट मागे। यस क्रममा सोरेङ जिल्लाका अतिरिक्त पुलिस अधिक्षक पर्शु शर्माले जफ्त गरिएको नशालु पदार्थ, नशालु पदार्थसहित पक्राउ गरिएको आरोपीहरूको संख्या र जिल्लामा गाँजा नष्ट गर्ने प्रयासबारेमा जानकारी गराए। उनले पोक्सो ऐनबारेमा सबैले बुझ्नुपर्ने विषयमा ध्यान आकर्षित गराए। उनले थप जानकारी गराए अनुसार जिल्लाको प्रत्येक मदिरा पसलहरूमा सीसीटीभी क्यामेरा जडान सुनिश्चित गर्न विभागलाई थप निर्देशन दिइएको छ। यसका साथै, सम्बन्धित विभागहरूलाई विशेष गरी जिल्लाका विभिन् पहिचान गरिएका हटस्पट क्षेत्रहरूमा थप सतर्क रहन निर्देशन दिइएको अवगत गराए।