आईसीएआर टोलीको राज्यपालसँग भेट

IMG-20250627-WA0120

गान्तोक: भारतीय कृषि अनुसन्धान परिषद सिक्किमका नौ सदस्यीय टोलीले आज राज्यपाल ओमप्रकाश माथुरसँग राजभवना भेट गरे। आईसीएआर सिक्किम क्षेत्रीय केन्द्रका प्रमुख डा. अशोक कुमारले टोलीको नेतृत्व गरेका थिए। भेटको क्रममा आईसीएआर टोलीले राज्यमा आईसीएआरद्वारा सञ्चालित कृषि, अनुसन्धान र विकासका गतिविधिबारेमा राज्यपालसँग व्यापकरूपमा छलफल गरेको थियो। राज्यपालले कृषि, बागवानी, पशुपालन, कुखुरापालन र सबै सम्बन्धित गतिविधिहरूको क्षेत्रमा उत्पादन र उत्पादकता बढाउन संस्थानले विभिन्न पहल शुरू गर्नुपर्ने सुझाव दिए। टोलीले राज्यका किसानहरूले सामना गर्दै आएका विभिन्न प्रकारको चुनौती र राज्यको जैविक उत्पादनको बजार व्यवस्थापनमा सुधार गर्ने रणनीतिबारेमा पनि जानकारी गराएको थियो। राज्यपालले सिक्किममा ठूला अलैंची, हर्दीलगायत जैविक उत्पादनहरूको सम्भावना रहेको कुरामा जोड दिँदै आईसीएआरका विज्ञहरूलाई नवीन समाधान र समन्वित प्रयासहरू मार्फत किसानहरूसँग काम गर्न आग्रह गरे। उनले आईसीएआर अधिकारीहरूलाई जैविक खेतीको लागि राज्यको सम्भावनालाई अधिकतम बनाउनको निम्ति उचित योजना र अनुसन्धान गर्ने सुझाउ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement