कालेबुङ: कालेबुङ डिस्ट्रिक्ट फूटबल एसोसिएशन को तत्त्वावधानमा आयोजित कालेबुङ फूटबल लीग (के-लीग)-मा शनिवार दोस्रो सेमिफाइनल म्याच खेलियो। मेला ग्राउण्डमा खेलिएको म्याचमा जर्जियन एफसीले नादोङ फूटबल एकाडमीविरुद्ध ५-२-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट देवाशिष राई र कुञ्जमान थापाले २-२ गोल गरे। अन्य एउटा गोल सत्यम शर्माले गरे। यसरी नादोङ भूटिया फूटबल एकाडमीको तर्फबाट जोन राई र सोनम भूटियाले गोल गरे।

विजेता टीमका सत्यम शर्माले प्लेयर अव् द म्याचको पुरस्कार जिते। जर्जियन एफसीले अब आइतवार खेलिने फाइनलमा सासोनिअन एफसीको सामना गर्नेछ।