केएफसी पराजित, एमटीवाईएस मंगरटोला क्वार्टर फाइनलमा पुग्न सफल

IMG-20250627-WA0132

पानीघट्टा: पानीघट्टा युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित विशाल मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार खेलिएको म्याच रोचक रह्यो। पानीघट्टा खेल मैदानमा भएको म्याचमा एमटीवाईएस मंगरटोलाले कञ्चनजंघा फूटबल क्लब (केएफसी) विरुद्ध ३-० ले जीत हासिल गऱ्यो। विजेता टीमका अमन टोप्पोले प्लेयर अव् द म्याचको पुरस्कार जिते। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २७ जुलाईमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement