मासिक धर्म विषयमा विद्यार्थीहरूलाई लिएर सचेतना कार्यक्रम सम्पन्न

IMG-20220917-WA0134.jpg

खरसाङ: खरसाङको एक गैर सरकारी संस्था ए बेटर लाइफ-खरसाङद्वारा युवतीहरूमा हुने मासिक धर्म विषयमा सचेतना कार्यक्रम आयोजना गरेका छन्। उक्त कार्यक्रम खरसाङको स्कट् मिशन उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लिएर आयोजना गरेको छ। यसावधि ए बेटर लाइफ एनजीओले केटीहरूमा हुने मासिक धर्म विषयमा सचेतना गराएका छन्। यस संस्थाले स्कट् मिशन उच्चत्तर माध्यमिक विद्यालयका छैटौंदेखि बाह्रौं श्रेणीसम्मको विद्यार्थीहरूलाई सेनिटेरी प्याड पनि वितरण गरेका छन्। यय सचेतना कार्यक्रम विषयमा ए बेटर लाइफ-खरसाङको तर्फबाट रश्मी सुब्बाले पत्रकारहरूसित कुराकानी गर्दै आज ए बेटर लाइफ-खरसाङद्वारा स्कट मिशन उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लिएर मासिक धर्म विषयमा सचेतना शिविर आयोजना गरिएको बताउँदै मासिक धर्म विषयमा सचेतना गरिनु आवश्यक छ कारण अहिले पनि मानिसहरूमा यस विषयमा सचेतना छैन भनी बताएका छन्। उनले स्कूलको छैटौं श्रेणीदेखि बाह्रौं श्रेणीसम्मको विद्यार्थीहरूलाई सेनिटेरी प्याड वितरण गरिएको र ती सेनिटेरी प्याड सामाजिक कार्यकर्ता टीटी लामाले उपलब्ध हराई दिएकोमा आभार प्रकट गरेका छन्। उनले स्कूलका प्राचार्य साथै शिक्षिकाहरू र विद्यार्थीहरूलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement