खरसाङको सन्त मेरिज निवासी दम्पतिको ६४औं वर्षगाँठ कार्यक्रम सम्पन्न

IMG-20250627-WA0115

खरसाङ: खरसाङको सन्त मेरिज निवासी क्लेडियस योञ्जन र ईजाबेल योञ्जनले आफ्नो वैवाहिक जीवनको ६४औं बसन्त पार गरेको अवसरमा दुवैको परिवारद्वारा ६४औं वैवाहिक जीवनको कार्यक्रम आयोजना गरिएको छ। प्रथममा सन्त जोहन वर्चम्यान्स चर्चका रेभरेन्ट फादर एनड्यु लामा र ए सिलास लेप्चाद्वारा प्रार्थना गर्दै प्रभु येशु समक्ष दम्पत्तिको जीवनको सुखद भविष्य साथै सुस्वास्थ्य र दीर्घायुको लागि कामना गर्दै प्रार्थना गरिएको छ। दुवैजना खरसाङको गोथल्स मेमोरियल स्कूलका‌ शिक्षक शिक्षिकाहरु हुन्। दुवैले तीन दशकभन्दा अधिक स्कूलमा काम गरेका थिए। दुवैको विवाह २७ जून १९६२ को दिन सम्पन्न भएको थियो। दुवैको चारजना छोरीहरु र एकजना छोरा रहेका छन्। एकजना छोरा खरसाङको सन्त अल्फन्सेस विद्यालयका पूर्व शिक्षक रहेको जानकारी प्राप्त भएको छ। यस अवसरमा दम्पत्तिलाई उपस्थित सबैले बधाई तथा शुभकामना व्यक्त गर्दै उपहारहरु प्रदान गरेका‌ थिए‌। यस अवसरमा दुवैले ६४ वर्ष कत्ति छिट्टो बितेको थाहा नभएको बताएका छन्। त्यसरी नै यति लामो समयसम्म दुवै एकसाथ रहेकोमा ईश्वरलाई धन्यवाद दिएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement