प्रधानमन्त्रीको जन्म दिनमा भाजपा युवा मोर्चाद्वारा रक्तदान शिविरको आयोजना

IMG-20220917-WA0126.jpg

खरसाङ: प्रधानमन्त्री नरेन्द्र मोदीको ७२औं जन्मदिनको उपलक्ष्यमा भारतीय जनता पार्टी युवा मोर्चाले खरसाङ महकुमा अस्पतालमा रक्तदान शिविरको आयोजना गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले देशको लागि गरिरहेको महत्वपूर्ण कार्यबरूलाई हेरेर युवा मोर्चाले पनि आवश्यक परेकाहरूलाई रगत उपलब्ध होस् भनेर रक्तदान शिविरको आयोजना गरेका छन्। खरसाङ महकुमा अस्पतालको ब्लड ब्यांकसित मिलेर भाजपाको युवा मोर्चाले रक्तदान शिविर आयोजना गरेको हो। प्रधानमन्त्री नरेन्द्र मोदीको ७२औं जन्म दिन पालन गर्दै युवा मोर्चाले केक पनि काटेर पालन गरेका छन्। यस अवसरमा जम्मा २२ जनाले आफ्नो रक्तदान गरेका छन्। यस अवसरमा भारतीय जनता पार्टीको युवा मोर्चाको दार्जिलिङ जिल्ला सभापति निरज राई, जिल्ला महासचिव बिनय प्रसाद, जिल्ला कार्यालय सचिव कृष्ण बराईली, खरसाङको युवा सभापति निरपराज रणपहेंली र मीडिया सेल प्रमुख चन्दन प्रसाद उपस्थित रहेका थिए।

अर्कोतिर खरसाङ महकुमा अस्पतालको बिजय सिन्चुरी लगायत अस्पतालको ब्लड ब्यांकको सदस्यहरू उपस्थित रहेका थिए। रक्तदान शिविरमा सहयोग गर्ने खरसाङ महकुमा अस्पतालको पदाधिकारीहरू क्रमैले बिजय सिन्चुरी अनि ब्लड ब्यांकको सदस्यहरूलाई भारतीय जनता पार्टी युवा मोर्चाक तर्फबाट खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ।

यस रक्तदान शिविर विषयमा बोल्दै भारतीय जनता पार्टीको युवा सभापति निरज राईले पत्रकारहरूसित कुराकानी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको ७२औं जन्म जयन्तीको अवसरमा भारतीय जनता पार्टीको युवा मोर्चाद्वारा खरसाङमा रक्तदान शिविर आयोजना गरिएको बताएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीले देशको लागि धेरै कार्यहरू गरेर देश र देशवासीहरूको लागि गरिरहेको र आज हामी युवा मोर्चाले पनि उनकै पदलाई पछ्याएर रक्तदान शिविरको आयोजना गरी आवश्यक परेकाहरूलाई रगत उपलब्ध होस् भनेर यो शिविर आयोजना गरेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement