पश्चिम पाण्डाममा पर्यावरणमुखी अभियान

IMG-20250626-WA0126

गान्तोक: पश्चिम पाण्डाम निर्वाचन क्षेत्रको बहुउद्देश्य सहकारी संस्थाको पहलमा अन्तर्राष्ट्रीय सहकारी वर्ष पालन गरियो। यसका साथै सिक्किम राज्य स्थापनाको ५०औं वर्षागाँठ महोत्सवको अवसरमा बिरूवा रोपन कार्यक्रम आयोजन गरियो। उक्त कार्यक्रम विशेष गरेर सहकारी समितिको वार्षिक क्यालेण्डरअनुरूप मेरो रूख मेरो सन्तति अभियानअन्तर्गत पर्यावरण संरक्षणलाई बढावा दिने उद्देश्यले आयोजन गरिएको हो। यस अवसरमा विभिन्न विद्यालयका शिक्षकहरु, विद्यार्थीवर्ग, शान्ति युवा समितिका सदस्यहरु लगायत अन्यहरूको उपस्थिति रहेको थियो। आजको यस कार्यक्रमा कुल १५० विभिन्न प्रजातिका बिरूवा रोपियो। उक्त बिरूवाहरु वन विभागले प्रदान गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement