नशालु पदार्थविरूद्ध एसएसबीको सचेतना ऱ्याली

IMG-20250626-WA0125

गेजिङ: नशामुक्त भारत अभियान अन्तर्गत ७२औं सीमा सशस्त्र बलको पहलमा आज गेजिङ जिल्लाको योक्सम अन्तर्गत ताथाङ निम्न माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम आयोजना गरियो। ७२औं सीमा सशस्त्र बलका कमाण्डेन्टको निर्देशमा आयोजित यस सचेतना कार्यक्रममा सामाजिक दायित्वमाथि सबैको ध्यान केन्द्रित गराइयो। कार्यक्रममा विशेष गरेर विद्यार्थीहरूलाई विभिन्न प्रकारका लागूपदार्थको दुरुपयोग र स्वास्थ्य र सामाजिक जीवनमा यसको प्रतिकूल प्रभावहरूबारेमा सचेत गराइयो। स्वस्थ समाज र उज्ज्वल भविष्यजस्ता नाराहरू लगाउँदै ताथाङ गाउँमा एक सचेचना जागरूकता ऱ्याली पनि आयोजन गरिएको थियो। उक्त र्याालीले जनतामा नशालु पदार्थ साथै नशामुक्तिबारेमा जागरूकता फैलाउने दिशामा एक महत्त्वपूर्ण पहलकोरूपमा काम गरेको थियो। यस अवसरमा ७२औं बटालियनका कर्मचारीहरू, स्कूलका शिक्षकहरू र विद्यार्थीहरूले ऱ्यालीमा सहभागिता जनाएका थिए। ७२औं बटालियन, सशस्त्र सीमा बलको यो अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने, युवाहरूलाई सही मार्गमा डोऱ्याउने, लागूपदार्थमुक्त, स्वास्थ र जागरूक समुदाय निर्माण गर्ने उद्देश्यको एक प्रशंसनीय र प्रभावकारी पहलकोरूपमा मानिलिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement