धजिया युनाइटेड एफसी विजयी, दोस्रो म्याच ड्र

photocollage_20256262353585

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा बिहीवार सेकेण्ड डीविजन लीगको २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याचमा धजिया युनाइटेड एफसीले युनाइटेड बड़ा पत्ताबोंगविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सुजल तामाङ र पवन सुब्बा ले १-१ गोल गरे। युनाइटेड बड़ा पत्ताबोंगको तर्फबाट प्रवीण गुरुङले १ गोल गरे। यसरी रंगबूल फूटबल एकाडमी र फर्न युनाइटेड एफसीबीच खेलिएको दोस्रो म्याच २-२-ले ड्र रह्यो। रंगबूल फूटबल एकाडमीको तर्फबाट बिरबल चामलिंग र वांगदेन डुक्पाले १-१ गोल गरे। यसरी फर्न युनाइटेडको तर्फबाट रोहन राई र शंकर प्रधानले १-१ गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement