जीटीए प्रमुख अनित थापाद्वारा मिरिकमा विभिन्न परियोजनाहरूको शिलान्यास

IMG-20250626-WA0112

सरकारले दिएको रकमको सही सदुपयोग भएको हुनुपर्छ: अनित थापा

मिरिक: बंगालले दिने कुरा हामीले ल्याउँदैछौँ। बंगालले दिनु नसक्ने कुरा दिल्लीले दिन्छ। लोकसभा अनि राज्यसभा दुवै दिल्लीको केन्द्र सरकारको हातमा छ। गोर्खालाई दिने भन्ने नै उनीहरू हुन्। आज मिरिकमा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्‌। आज उनले मिरिकको‌ विभिन्न स्थानहरुमा धेरै विकास परियोजनाहरुको शिलान्यास गरेका छन्। यसावधि उनले सौरेनी बजारदेखि १० नम्बर फाटक (पीएमजीएसवाई-III,
खरबानीदेखि दुधेसम्म भाया नोल (पीएमजीएसवाई- III), हल्लनेदेखि तोकलाङ बस्ती मेन्टेनेन्स (पोस्ट फाईफ), नर्थ च्यागादेखि वेस्ट च्यागा मेन्टेनेन्स (पोस्ट फाइफ) अनि एसएच १२ देखि ओकाइटी फाटकदेखि ओकाइटी खडका गाउँ मेन्टेनेनस (पोस्ट फाइफ) आदि कार्यको शिलान्यास गरेका छन्।

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आफ्नो सम्भाषणमा अघि भने, ‘मुख्य योजनाहरुको कामको निरीक्षण गर्न म आफै भ्रमणमा आउनेछु। सरकारले दिएको रकमको सही सदुपयोग भएको हुनुपर्छ। काम गर्दा पञ्चायतको काम, समितिको काम, जीटीएको काम भन्नु ठीक होइन। सबै काम सरकारकाे काम भनेर गर्नुहोस। तपाईँलाई भोट दिने मानिसको निम्ति सरकारकाे काम पुर्याउनुपर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement