खरसाङ: जीटीएको पंखाबारी अम्बटे लङ्भ्यु समष्टिका सभासद कल्पना प्रधानले आज मकैबारी चियाबगान अन्तर्गत कैलापानी अनि यहाँको कोदोबारी गाउँमा अवस्थित जीर्ण अवस्थामा रहेको प्राथमिक पाठशालाको भ्रमण गरिन्। उनले सर्वप्रथम यहाँको कैलापानीको एघार घर पैह्रो पिडितहरूको पुनर्वासको निम्ति भइरहेको जमीनको समस्या विषय बुझ्न अनि पिडित परिवारहरूसँग भेट्न पुगिन् अनि उनले बगान कर्तृपक्षसँग यसबारे कुराकानी गरिन्। त्यसपछि उनले यहाँको जीर्णावस्थामा रहेको प्राथमिक पाठशालाको भ्रमण गरिन् तथा यसै विद्यालयका शिक्षक शिक्षिकाहरूसँग भेट गरेर स्कूलको समस्याबारे जानकारी लिइन्।

यस अवधि उनले आफ्नो पक्षबाट स्कूल भवन निर्माणको निम्ति सम्बन्धित विभागसँग कुरा राखेको औ अवश्यनै विद्यालय भवन निर्माण हुने प्रतिश्रुति दिइन्।