खरसाङ: लगातार परिरहेको पानीले तीनधारेको तल्लो गोलाई, भानु ग्राम क्षेत्रमा मैलाहरु थुप्रिएको छ। यस क्षेत्रमा माथितिरबाट मैला पानीहरु बगेर साथै मैला पानीले मैलाहरु बगाएर ल्याएको स्थानीयहरुले बताएका छन्। उक्त क्षेत्रमा मैला पानीले प्रयोग गरिसकेको पेम्पर्सहरु, पुरानो पोलिथिनहरु साथै विभिन्न प्रकारका मैला साथै प्लास्टिकजन्य चीजबीजहरु बगाएर ल्याएर घरहरु अघाडीतिर थुपारेको जानकारी प्राप्त भएको छ। ती सबै मैलाहरु भानु ग्राम क्षेत्रको अघाडि रहेको राष्ट्रिय राजमार्ग र रेल लाईन क्षेत्रमा थुपारेको कारणले यस क्षेत्र नै मैला बनेको स्थानीयहरुका पक्षमा दिपक प्रधानले जानकारी गराएका छन्। उनले यसरी मैलाहरु र प्रयोग गरिसकेको सबै प्याम्पर्सहरु र प्लास्टिकजन्य चीजबीजहरु सबै अर्काको घर अघाडि थुप्रिएका छन् जसले गर्दा यस क्षेत्रमा नै दुर्गन्धित प्याड र पेम्पर्सहरु माथिल्लो गोलाईको झोडाबाट फ्याँकिएको बताएका छन्। उनले बर्खा मौसममा यसरी प्रयोग गरिसकेको मैलाहरु जताभावी फ्याँक्न नहुने तथा अर्काको घरहरु अघि र जताभावी फ्याँक्न नहुने बताएका छन्। सभ्य समाजका शिक्षित अनि समाज सेवकहरु भएर यसरी फ्याँक्न नहुने बताउँदै यस्ता मैलाहरु यसरी पानीले बगाउने गरी फ्याँक्न नहुने साथै सबैलाई यस विषयमा सचेत रहेर एक ठाउँ थुपारेर जलाई दिने कि नष्ट गरिदिने तर यसरी जताभावी नफ्याँकिदिने अनुरोध गरेका छन्। प्रधानले छेवैमा शिवको मन्दिर पनि रहेको र यस्ता घृणास्पद कार्य गर्नेहरुलाई सम्बन्धित निकायले उचित कार्यवाही गरिदियोस् भनी निवेदन पनि गरेका छन्। उनले सभ्य समाज र शिक्षित मानिसहरुले यस्तो कार्य नसुहाउने र यस्ता कार्य गर्नु अघि सचेत रहेर अरुलाई हानी पुग्ने र अरुलाई दुर्गन्धयुक्त बनाउन नहुने बताएका छन्।