नीट परीक्षामा ९९ प्रतिशत अंक हासिल गर्ने अतुलकुमार पाण्डेयलाई सम्वर्द्धना

9e73a838-0c87-4c5a-9022-45ba7f7f9667

कालचिनी- नीट परीक्षामा ९९ प्रतिशत अंक हासिल गरेर सबैलाई आश्चर्यचकित बनाएको जयगाउँका अतुलकुमार पाण्डेयलाई विभिन्न संघ संस्थाहरूले सम्वर्द्धना प्रदान गरिरहेको क्रममा शुक्रबार मात्र भोजपुरी युवा मञ्च जयगाउँ शाखाद्वारा तिनलाई सम्वर्द्धना प्रदान गरिएको थियो। आज पुनः जयगाउँ थानाको पक्षबाट अतुललाई एएसपी कुन्तल ब्यानर्जीको बाहुलीबाट उपहार प्रदान गर्दै सम्वर्द्धना प्रदान गरिएको छ। यस क्रममा आज अतुलकुमार पाण्डेयलाई जयगाउँ थानामा निम्ताएर खदा पहिराएर उपहार प्रदान गर्दै सम्वर्द्धना प्रदान गरिएको थियो।

अतुलकुमार पाण्डेयको पिता रामा शंकर पाण्डेय र काका नित्यानन्द पाण्डेय दुवैजना पुरोहितको काम गर्दै आइरहेको र घर घरमा पूजारीको काम गरेर छोरालाई पढ़ाएर आज नीटको परीक्षामा पनि सफल बनाएकोले भोजपुरी युवा मञ्च जयगाउँ शाखाद्वारा पिता र काकालाई पनि सम्वर्द्धना जनाएको थियो। आज पुनः अतुललाई जयगाउँ थानाको पक्षबाट प्रोत्साहन गर्दै अग्रिम भविष्यको शुभकामना टक्र्याएको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement