सभासद नुरी शेर्पाको बाहुलीबाटगोथल्स साईडिङमा सार्वजनिक भवन निर्माणको निम्ति शिलान्यास

IMG-20250626-WA0100

खरसाङ: टुंग सन्त मेरिज समष्टि अन्तर्गत सन्तमेरिज २ ग्राम पञ्चायत अधीनस्थ गोथल्स साईडिङमा नव सार्वजनिक भवन निर्माणको निम्ति विधिवत् पूजा अर्चनाको साथ शिलान्यास गरिएको छ।
समष्टिका सभासद नुरी शेर्पाको विशेष उपस्थितिमा विधिवत् रुपले पूजा अर्चना गरेर शिलान्यास कार्य सम्पन्न गरियो।
गोथल्स साईडिङको पचास वर्ष पार गरिसकेको गोथल्स साईडिङ नवीन ग्राम सुधार समाजको सञ्चालनमा एउटा समाज घर रहेता पनि गाउँकै अलिक पारी अर्को क्षेत्रका वासिन्दाहरुको गुनासो तथा ग्रामवासीहरुको सुख सुविधालाई मध्यनजर राख्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सभासद कोषबाट निर्माण हुने तय भएपछि आज शिलान्यास गरियो। स्थानीय ग्रामवासीहरुले यस पहलको निम्ति गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमूख कार्यपाल अनित थापा एवं समष्टिको सभासद नुरी शेर्पाप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै प्रसन्नता व्यक्त गरेका छन्।
आजको शिलान्यास कार्यक्रममा सन्तमेरिज २ ग्राम पञ्चायतका प्रधान सहदेव तामङ, उप प्रधान प्रशंसा लेप्चा, पञ्चायत समिति सदस्य बिरेन्द्र तामङ, पञ्चायत सदस्या रेश्मा दियाली थापा, भागोप्रमो समष्टिका प्रतिनिधिगण, गोथल्स साईडिङ समाजका पदाधिकारीगण एवं सदस्य-सदस्यागण, विभागीय अधिकारीवर्ग, कार्यका एजेन्सी लगायत स्थानीय प्रतिनिधिहरुसहित ग्रामवासीहरुको उपस्थिति रहेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement