श्रमिककको कच्चा घर ढल्दा भाग्यले बाँच्यो श्रमिक परिवार

e38f6b1a-08ce-4470-bb11-f669cbcf0070

कालचिनी –  शुक्रबार रातीको मुसलधारे बर्षाले गर्दा कालचिनी खण्डको गारोपाड़ा ग्राम पञ्चायत अन्तर्गत पर्ने भातखावा चियाबारीको कैया लाईन निवासी महिला श्रमिक कुन्तीचीक बडाईकको घर ढल्दा ती घरका चारजना परिवार सदस्यहरू भाग्यले बाँचेको गाउँलेहरूले जनाएका छन्। शनिबार बिहान लगभग डेढ़ बजी उक्त धरापमा रहेको कमाने घर ढल्दा परिवारको सदस्यहरू सुरक्षित निस्कन सफल भएको थियो भने कमानले दिएको उक्त घर पनि ढलेपछि अब ओत लाग्ने छाप्रो पनि नभएको पीड़ित महिला श्रमिक कुन्तीचीक बडाईकले दुःख व्यक्त गरेकी छन्।

 यता उक्त असहाय श्रमिक महिलाको घर ढलेको सुनेर सबै गाउँलेहरू बचाउको निम्ति जाँदा परिवार सदस्यहरू सुरक्षित रहे तापनि घर पूर्णरुपले ध्वंस भएको बासिन्दाहरूले जनाएका छन्। यता स्थानीय पञ्चायत अनि पार्टी प्रतिनिधिहरूले गारोपाड़ा ग्राम पञ्चायत र कालचिनी बीडीओ समक्ष यसको जानकारी दिए तापनि उक्त असहाय श्रमिक महिलाको घरको अवस्था हेर्न कोही नआएको केही मानिसहरूले जनाएका छन्। अर्कोतिर गारोपाड़ा ग्राम पञ्चायत प्रधान बिन्दिया लामाले घटनाको छानबीन गर्न पञ्चायत कार्यालयबाट एक्जीक्युटिभ जाने र सीएटी रिपोर्ट गरेर पठाइने बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement