गुरुग्राम: गुरुग्रामको एक मल बाहिरको स्पामा रिसेप्शनिस्टको रूपमा काम गरेकी किशोरीले हरेक दिन १०-१५ ग्राहकले आफूलाई बलात्कार गर्ने आरोप लगाएपछि सनसनी मच्चिएको छ। आफ्नो परिवारलाई आर्थिक सहयोग गर्न त्यहाँ कार्यरत किशोरीले यो स्पालाई वेश्यालयजस्तै चलाएको बताइन्। टाइम्स अफ इण्डियाको समाचारअनुसार, एक रिक्सा चालककी छोरीले शुक्रबार अखबारलाई भनेअनुसार यस अवधिमा उनलाई कुनै राहत छैन। ‘एकजना कोठाबाट बाहिर निस्कन्छ र अर्को कोठा भित्र पस्छ’, यस्तो दर्दनाक घटना सुनाइन्।
यस सम्बन्धमा बुधबार महिला पुलिस थानामा एफआईआर दर्ता गरिएको छ। स्पाका संचालक र थप तीनजनाविरुद्ध सामूहिक बलात्कार र आपराधिक धम्कीको मुद्दा दर्ता गरी हिरासतमा राखिएको पुलिसले जनाएको छ। शुक्रबार साँझसम्म यस मुद्दामा कोही पनि पक्राउ परेको खबर आएको छैन। किशोरीको भनाइको सत्यताबारे अनुसन्धान भइरहेको पुलिसले जनाएको छ। युवतीको भनाइमा केही कुरा स्पष्ट छैनन्। जबकि किशोरीले भिडियो बनाएर स्पा चलाउनेहरुले लगातार धम्की दिने गरेको बताउँछिन्। बढी पैसा तिर्नेलाई पनि बिना सुरक्षा सम्बन्ध राख्ने स्वतन्त्रता दिइएको किशोरीको आरोप छ। पछि उनलाई चक्की दिने गरेको उनको भनाइ छ। उल्लेखनीय छ, गुरुग्रामको एक स्पा सेन्टरमा कथित रूपमा चलिरहेको सेक्स रेकेटको पुलिसले केही समय अघि पर्दाफास गरेको थियो। यस घटनामा दुईजना महिलासहित चारजना पक्रा परेका थिए। यो स्पा गुरुग्रामको सेक्टर ५१ मा अवस्थित छ। यहाँबाट पक्रा परेका महिलामध्ये एकजना छत्तीसगढकी थिइन्।