के-लीग: रोमाञ्चक जीतको साथ फाइनलमा पुग्न सफल सासोनिअन एफसी

IMG-20250626-WA0002

कालेबुङ: कालेबुङ डिस्ट्रिक्ट फूटबल एसोसिएशन को तत्त्वावधानमा आयोजित कालेबुङ फूटबल लीग (के-लीग)-मा बुधवार पहिलो सेमिफाइनल म्याच खेलियो। मेला ग्राउण्डमा खेलिएको म्याचमा सासोनिअन एफसीले कालेबुङ पुलिसविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। म्याच चरम रोमाञ्चक रह्यो।

विजेता टीमको तर्फबाट प्रसाद भुजेलले ३९औं र अंगद मंगरले ७१औं मिनटमा गोल गरे। यसरी कालेबुङ पुलिसको तर्फबाट रोशन (मेस्सी) राईले ८९औं मिनटमा गोल गरे। विजेता टीमका शुभम गुरुङले प्लेयर अव् द म्याचको पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement