टेस्ट ब्याटरहरूका ऱ्याङकिंगमा पन्त, गिल र डकेटको व्यापक सुधार

IMG-20250626-WA0001

दुबई: भारतका विकेटकीपर ब्याटर रिषभ पन्तले आईसीसी टेस्ट ब्याटरहरूका ऱ्याङकिंगमा आफ्नो करियरमा सर्वश्रेष्ठ रेटिंगको साथ सातौं स्थान हासिल गरेका छन्। पन्तले ईंग्ल्याण्डविरुद्ध पहिलो टेस्ट म्याचको दुवै ईनिंग्समा शतक बनाएका थिए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) – द्वारा जारी ताजा ऱ्याङकिंग अनुसार पन्त ८०० रेटिंग पोइण्ट्सको साथ सातौं स्थानमा पुगेका छन्। पन्त ८०० रेटिंग पोइण्ट्स हासिल गर्ने भारतका पहिलो विकेटकीपर ब्याटर बनेका छन्। भारतले पहिलो टेस्ट म्याचमा ५ विकेटले हारको सामना गर्नु परे पनि पन्तले पहिलो ईनिंग्समा १३४ र दोस्रो ईनिंग्समा ११८ रन बनाएका थिए। भारतविरुद्ध शतकीय ईनिंग्सको साथ ईंग्ल्याण्डका ओपनिंग ब्याटर बेन डकेटले पनि आफ्नो ऱ्याङकिंगमा सुधार गरेका छन्। डकेट पाँच स्थान अघि बढ़ेर आठौं स्थानमा पुगेका छन्। यसबाहेक भारतीय कप्तान शुभमन गिल र अन्य खेलाड़ीहरूका ऱ्याङकिंगमा पनि सुधार आएको छ। ईंग्ल्याण्डका जो रुट ८८९ रेटिंग पोइण्ट्सको साथ शीर्षमा कायम छन् जबकि उनका साथी ह्यारी ब्रूक ८७४ रेटिंग पोइण्ट्स लिएर दोस्रो स्थानमा छन्। न्यूजील्याण्डका केन विलियम्सन तेस्रो अनि भारतीय ओपनिंग ब्याटर यशस्वी जयसवाल ८५१ रेटिंग पोइण्ट्सको साथ चौथो स्थानमा छन्। भारतीय कप्तान गिल पहिलो ईनिंग्सको शतकपछि पाँच स्थानको सुधार गरी २०औं स्थानमा पुगेका छन्। श्रीलंका र बंग्लादेशबीच ड्र भएको पहिलो टेस्टपछि अन्य केही खेलाड़ीहरूका ऱ्याङकिंगमा सुधार आएको छ। गाल टेस्ट म्याचको पहिलो ईनिंग्समा १६३ रन बनाउने बंग्लादेशका मुश्फिकुर रहीम २८औं स्थान र बङ्ग्लादेशका कप्तान नजमुल हुसैन शान्तो २१ स्थान अघि बढ़ेर २९औं स्थानमा पुगेका छन्। टेस्ट बलरहरूका ऱ्याङकिंगमा चाहिँ अधिक फेरबदल भएको छैन। ईंग्ल्याण्डविरुद्ध पहिलो ईनिंग्समा ५ विकेट लिने भारतीय पेस बलर जसप्रीत बुमराह शीर्ष स्थानमा कायम छन्। ईंग्ल्याण्डका कप्तान बेन स्टोक्स चाहिँ टेस्ट अलराउण्डरहरूका सूचीमा पाँचौं स्थानमा पुगेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement