मिरिक: साैरेनी बस्ती मन्जु ड्राइभर वेलफेयर एशाेसिएशनकाे आयाेजनामा यसवर्ष पनि भब्यताकाे साथ मन्जुश्री गाेल्ड कप फूटबल प्रतियोगिता हुने भएकाे छ। उक्त प्रतियोगिता आगमी नाेभेम्बर महिनादेखि शुरू गरिनेछ। शनिबार घुमाउने टार सार्वजनिक भवनमा एशाेसिएशनका अध्यक्ष विरेन शासङ्कर, सचिव समीर राई, काेषाध्यक्ष आनन्द प्रधानले उक्त जानकारी गराँउदै जीटीए साैरेनी समष्टिका कार्यकारी सभासद अरूण सिगचीकाे दिशा निर्देशनमा उक्त प्रतियोगिता आयाेजना गरिनेछ भने।उनीहरूले प्रतियोगिता कहाँ र कहिलेदेखि शुरू गरिने केही दिनपछि सार्वजनिक गरिनेछ भन्दै चाँडै आयाेजक समिति पनि गठन गरिनेछ भने।उनीहरूले पुरस्कारकाे घाेषणा पनि आयाेजक कमिटि गठनपछि नै सार्वजनिक गरिनेछ भन्दै गतवर्ष प्रतियोगितामा १६ मा दलहरूले सहभागीता जनाएकाे थियाे। स्थानीय दलहरूलाई अवसर दिएका थिएनाै तर यसवर्ष दुईवटा स्थानीय फूटबल दलहरूलाई अवसर प्रदान गरिनेछ भन्दै स्थानीय फूल खेलाडीहरूलाई प्राेत्सहान गर्नुकाेलागि आयाेजना गरिने उक्त प्रतियोगितामा कुनै पनि फूटबल दललाई हब्सी खेलाडीहरू बराे गर्नु दिइएने छैन भने। उनीहरूले प्रतियोगिताकाे तयारी शुरू भएकाे जानकारी गराँउदै प्रतियोगितामा नामाी दामी दलहरूले सहभागीता जनाँउने तय भएकाे बताए।प्रतियोगिताकाे अवधि रङ्गारङ साँस्कृतिक कार्यक्रम पनि गरिनेछ भने।