गान्तोक: जलशक्ति अभियानका केन्द्रीय नोडल अधिकारी आर अरुलनन्दनले आज दोस्रो दिन सोरेङ जिल्लाको मंगलबारिया महकुमाको भ्रमण गरे। यसअन्तर्गत उनले पानीको मुहानको प्रबन्धन साथै संरक्षण गर्ने उद्देश्यले निरीक्षण गरेका थिए। उल्लेखनीय छ, जलशक्ति अभियानको एक ध्वाजवाहक कार्यक्रम हो जसको निरीक्षणको एक भागको रूपमा नोडल अधिकारी अरुलनन्दनले बुदाङमा रहेको लघु सिँचाइ च्यानलको निरीक्षण गरेका हुन्। यसरी नै छुचेन ताकुथाङमा चलिरहेको जल जीवन मिशन कार्यको अवलोकन गरे। सोही प्रकारले मंगलबारिया ब्लकअन्तर्गत जल स्रोत विकास परियोजनाको समीक्षा पनि गरे। भ्रमणको उद्देश्य भौतिक प्रगति, कार्यान्वयनको गुणस्तर, र दिगो पानी संरक्षण र ग्रामीण जलापूर्तिबारे जायजा लिनु थियो। उनले पिउने र सिँचाइ उद्देश्यका लागि स्थानीय पानी स्रोतहरूको उपयुक्तताको मूल्याङ्कन गर्न फिल्ड भिजिट गरेका थिए। यसपछि, उनले मंगलबारियास्थित महकुमा प्रशासनिक केन्द्रको भ्रमण गरे। जहाँ उनले महकुमा अधिकारी र अन्य विभागीय अधिकारीहरुसंग अन्तर्क्रिया गरे।