सोरेङ: सोरेङ जिल्लाको मंगलबारेमा नव निर्मित आइडीबीआई ब्यांक शाखा कार्यालयको उदघाटन आज सिक्किम राज्य व्यांकका अध्यक्ष डीबी गुरूङ र सोरेङ जिल्लाका जिल्लापाल धीरज सुवेदीले गरे। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डीबी गुरूङले आइडीबीआइको नयाँ शाखा कार्यालयको उदघाटन भएपछि क्षेत्रबासीलाई लाभ पुग्ने बताए। उक्त ब्यांकले जिल्लाका मानिसहरूलाई सेवा प्रदान गर्ने र आफ्नो योजनाहरूमार्फत उचित सेवा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे। सोरेङ जिल्लामा धेरै ब्यांकहरूको स्थापनासँगै आइडीबीआई ब्यांकले जिल्लाको विकासमा थप योगदान पुर्यांउने बताए। अध्यक्ष गुरूङले सोरेङका जनतालाई बधाई दिए। यस क्रममा जिल्लापाल धीरज सुवेदीले आफ्नो सम्बोधनमा जिल्लामा नयाँ शाखा स्थापनाको लागि ब्यांक प्रबन्धक, कर्मचारी र सदस्यहरूलाई बधाई दिए। उनले ग्राम सभाहरूमा वित्तीय साक्षरता शिविर स्थापना गर्ने सल्लाह दिए। सोही प्रकारले ब्यांकका क्षेत्रीय प्रमुख प्रसन्जीत माझीले आफ्नो सम्बोधनमा सोरेङका जनताको विकासमा वित्तीय साझेदार बन्ने र जिल्लाको आर्थिक विकासमा अर्थपूर्ण योगदान पुर्यााउने व्यांकको मुख्य उद्देश्य रहेको जानकारी गराए।










