गान्तोक: आगामी १३ जुलाईको दिन गेजिङ जिल्लामा पालन गरिने २११औं भानु जयन्ती समारोह तयारीलाई लिएर आज जिल्लापाल तेञ्जिङ डी. डेञ्जोङपाको अध्यक्षतामा तयारी सभा सम्पन्न भयो। गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा सम्पन्न भएको सभामा भानु जयन्ती समारोहको तयारी साथै समीक्षा र उत्सवलाई सफल बनाउन एक योजनामाथि छलफल गरियो। सभामा भानु जयन्ती समारोह समिति गठन गरिएको छ। आज बसेको सभामा विशेष गरे सान्दर्भिक एजेन्डाहरू विभिन्न विभागहरूमा सहकार्य र समन्वय, कार्यक्रम व्यवस्थापन, साहित्यिक तथा सांस्कृतिक गतिविधिहरू, पूर्वाधार र रणनीतिक कार्यान्वयनलाई लिएर चर्चा परिचर्चा गरियो। जिल्लापालले सम्वन्धित निकाय र व्यक्तिहरूलाई सुम्पिएको जिम्मेवारी इमान्दारपूर्वक पालन गर्दै कार्यक्रमलाई सफल तुल्याउनु पर्ने सुझाउ दिए।