भाजपा, सिक्किमले पालन गऱ्यो संविधान हत्या दिवस

IMG-20250625-WA0082

गान्तोक: भारतीय जनता पार्टी, सिक्किम प्रदेशले पनि आज संविधान हत्या दिवस पालन गऱ्यो। यस अवसरमा गान्तोकको सिटी कार्यालयमा एउटा कार्यक्रम आयोजना गरिएको थियो जसमा राज्य उपाध्यक्ष दिनेश चन्द्र नेपाल, मिडिया प्रभारी निरेन भण्डारी साथै अन्य शीर्ष नेताहरूको सहभागिता रहेको थियो। यस अवसरमा सिक्किम प्रदेश भाजपाका कार्यकर्ताहरूले देशको संविधानलाई शिरोपर गर्दै राज्यमा प्रजातन्त्रिक मूल्य र मान्यताको संरक्षण अनि प्रवर्धन गर्ने प्रतिज्ञा पनि लिए। यसको साथै पार्टीले राज्यवासी सर्वसाधरणलाई राष्ट्रको लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने कुनै पनि प्रयास विरुद्ध सतर्क रहन र ती कालो दिनहरूमा स्वतन्त्रताको लागि लड्नेहरूको विरासतलाई सम्मान गर्ने आग्रह गरेको छ।
उल्लेखनीय छ, आजकै दिन वर्ष १९७५मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गरेको थियो जसलाई वर्तमान भाजपा सरकारले संविधानको हत्या दिवस घोषणा गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मिडिया प्रभारी निरेन भण्डारीले आपतकालमा देशमा प्रजातान्त्रिक व्यवस्था कस्तो थियो तथा त्यस समयका नेताहरूले कसरी यस विरुद्ध आवाज उठाएका थिए भन्ने बारेमा जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement