खरसाङ शहरमा ग्यासद्वारा शव जलाउने ग्यास बेस सिमेटोरियम निर्माण गरिनु पर्ने विषयमा नगरपालिकाक टोली दिल्लीमा

IMG-20250625-WA0077

खरसाङ: खरसाङ नगरपालिका क्षेत्रको सर्वाङ्गिण विकास र विभिन्न कार्यहरु विषयमा खरसाङ नगरपालिकाको टोली दिल्ली भ्रमणमा रहेका छन।‌ यसै क्रममा यस टोलीले बुधबार ग्यासद्वारा शव जलाउने ग्यास बेस सिमेटोरियम निर्माण गरिनु पर्ने विषयमा विभिन्न विभागका मानिसहरु र अधिकारीहरुसित भेटघाट गरेका‌ छन्।‌ विशेष गरेर खरसाङ शहरलाई प्रदुषणमुक्त बनाउन एवं पर्यावरणको संरक्षण गर्न विभागीय पक्षबाट मात्र नभएर सम्पूर्ण जनसाधारणको पनि त्यतिकै दायित्व रहन्छ भन्ने उद्देश्य लिएर खरसाङ शहरमा ग्यासद्वारा शव जलाउने ग्यास बेस सिमेटोरियम निर्माण गरिनु पर्ने समयको माग रहेको बताइएको छ। वर्तमान महंगाईको समयमा कुनै पनि परिवारमा कसैको पनि आकास्मिक देहान्त भएको खण्डमा अन्तिम संस्कार गराउन जुन खर्च घर-परिवार पक्षले बेहोर्नुपर्छ उक्त खर्चलाई कमभन्दा कम खर्च होस साथै बीपीएल परिवार वा आर्थिक विपन्न परिवारहरूमा अन्तिम संस्कार गराउँदा आर्थिक अनुदान घर-परिवारले बेहोर्न नपरोस् भन्ने उद्देश्यले समयको माग अनुसार नै खरसाङ शहरमा ग्यास बेस सिमेटोरियम बनाउने उद्देश्य लिएर खरसाङ नगरपालिकाको टोलीदिल्लीको परिभ्रमणमा रहेका छन्। वर्तमान समयमा खरसाङमा पनि ग्यास बेस सिमेटोरियम निर्माण गर्ने उद्देश्यको‌ साथमा दिल्ली क्षेत्रमा रहेको यस केन्द्रको‌निरीक्षणसँगै पर्यावरणको संरक्षण प्रदुषणमुक्त गाउँघर समाजमा स्वच्छ परिवेश राख्न सम्बन्धित निकायहरूसँग सल्लाह परामर्श गरिरहेको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले जानकारी गराएका छन्।

दिल्ली जाने टोलीमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, वाइस चेयरमैन सुवास प्रधान, कार्यकारी अधिकारी कैलाश प्रसाद लगायत अन्यहरु रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement