खरसाङ: जीटीएको शिक्षा विभागले वर्तमान समयमा शिक्षक शिक्षिकाहरुका लागि ई पेन्शन र ई पीएफको व्यवस्था शुरु गरिदिएकोमा हिल तराई प्राथमिक शिक्षक संगठन खरसाङ क्षेत्र समितिद्वारा धन्यवाद प्रकट गरेका छन्। हिल तराई प्राथमिक शिक्षक संगठन खरसाङ क्षेत्र समितिको सभापति आरती राई, सचिव अशोक प्रधान, केन्द्रीय सदस्य बिनोद परियार, बोर्ड सदस्य विशाल शर्मा लगायत अन्यहरुले खरसाङमा पत्रकार सम्मेलन बोलाएर शिक्षक शिक्षिकाहरु लागि जीटीएको शिक्षा विभागले वर्तमान समयमा ई पेन्शन र ई पीएफ शुरु गरेकोमा जीटीए प्रमुख अनित थापा र प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानप्रति आभार प्रकट गरेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई प्राथमिक शिक्षक संगठन खरसाङ क्षेत्र समितिको सचिव अशोक प्रधानले जीटीएको शिक्षा विभागले शिक्षकजरुको दु:ख र मर्म बुझेर शिक्षक शिक्षिकाहरुका लागि ई पेन्शन र ई पीएफको सुविधा शुरु गरेकोमा खुशी व्यक्त गरेका छन्। उनले पहिला पहिला शिक्षक शिक्षिकाहरुले पीएफ र पेम्शनको लागि धेरै दुःख भोग्नु परिरहेको थियो अनि यो काम हुनलाई झण्डै एक वर्ष लाग्ने गर्दथ्यो। तर अब ई पेन्शन र ई पीएफ भएपछि झट्टै हुने र यसको लागि कुदिरहनु नपर्ने बताएका छन्। उनले यस कार्यको लागि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा र प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानप्रति आभार प्रकट गरेका छन्। त्यसरी नै बोर्ड सदस्य विशाल शर्माले पत्रकारहरुसित कुराकानी गर्दै भने, पहिला हातमा बोकेर दार्जिलिङ कार्यालय जानु पर्ने र दार्जिलिङबाट पोष्ट भएर उत्तर कन्या जाने हुनाले यो काम हुन झण्डै एक वर्ष लाग्ने गर्दथ्यो।तर अहिले ई पोर्टलमार्फत् एक क्लिकमा नै दार्जिलिङबाट उत्तर कन्या पुग्ने र शिक्षक शिक्षिकाहरुले लगभग १०-१५ दिनभित्रमा नै सहुलियत पाउनेछन्। यो प्राथमिक शिक्षामा मात्र होइन तर हाई स्कूलका शिक्षक शिक्षिकाहरुलाई पनि लागु हुनेछ। यो मांग हामीले विगत २००७ देखि गर्दै आईरहेका थियौँ र अहिले आएर पूरा भएको छ। वर्तमान जीटीए प्रमुख कार्यपाल अनित थापाले कोलकोता गएर पहल गरिदिएको कारणले यो सुविधा प्राप्त भएको हो।’
विशाल शर्माले यस कार्यको लागि जीटीए प्रमुख अनित थापा र भातप्राप्त सभासद राजेस चौहानप्रति आभार प्रकट गरेका छन्।