क्रामाकपाद्वारा मार्गरेट्स होप‌ चियाबारीका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न

IMG-20250625-WA0064

सोनादा: क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) सोनादा जोनल २ द्वारा आयोजित ऐतिहासिक चियाबारी शहीद दिवस पालन गरिएको छ। मार्गरेट्स होपका ६ जना शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम क्रामाकपा केन्द्रीय उपाध्यक्ष कमरेड बीएम राईको अध्यक्षतामा सम्पन्न भएको छ।‌ उक्त कार्यक्रम मार्गरट्स होपको रशिक रंगमञ्चमा सम्पन्न भएको छ। सन् १९५५ सालमा शान्तिपूर्ण जुलुसलाई दबाउन तत्कालीन बंगाल सरकारका पुलिसले बन्दुकको गोलीले हत्या गरी शहीद भएका शहीदहरुमा जीतमान तामाङ, पदमलाल कामी, मौली शोभा राईनी, अमृतमाया कामी, कान्छा सुनवार, काले सुब्बा आदिको समाधिमा क्रामाकपा केन्द्रीय नेताहरु लगायत समर्थकहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। उक्त कार्यक्रमको सञ्चालन स्थानीय जोनल नेता जेके राईले गरेका थिए भने स्वागत भाषण कमरेड आरके राईले राखेका थिए।

कार्यक्रममा पार्टी परामर्श समितिका अध्यक्ष, केन्द्रीय पार्टी अध्यक्ष जेबी राई, महासचिव नर्बु लामा, प्रवक्ता अरुण घतानी, केन्द्रीय नेता आरपी पाख्ररिङ उपाध्यक्ष अर्जुन थापाले वक्तव्य राखेका थिए। तत्कालीन शहीदहरुको परिवारका सदस्यहरुलाई पनि स्मृति चिन्ह प्रदान गरेर सम्मान गरिएको थियो।

About Author

Advertisement