आपतकाल घोषणा गर्नु कुनै लजिक र सठीकता थिएन र नै भाजपाले यस दिनलाई संविधानको हत्या दिवस एंव कालो दिवसको रुपमा मनाउँदै आईरहेको छ: रमेश अग्रवाल

IMG-20250625-WA0060

खरसाङ: देशमा आपतकाल घोषणा गरिएको ५० वर्ष पुगेको र उक्त दिनलाई भाजपाले संविधान हत्या दिवसको रुपमा पालन गर्दै आएको भनी भारतीय जनता पार्टी खरसाङले पत्रकार सम्मेलन बोलाएर जानकारी गराएका छन्‌‌। आजकै दिन २५ जून १९७५ सालमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गरेको जसलाई भारतीय जनता पार्टीले संविधान हत्या दिवस एंव कालो दिवसको रुपमा पालन गर्दै आईरहेको आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर भारतीय जनता पार्टीको तर्फबाट बताइएको छ। यस विषयमा आयोजित पत्रकार सम्मेलनमा भारतीय जनता पार्टीको तर्फबाट हालैमा भारतीय जनता पार्टीमा सामेल भएका खरसाङका‌ वरिष्ठ अधिवक्ता रमेश अग्रवाल, भाजपा खरसाङ विधानसभा समष्टिकाे संयोजक आरबी लामा, भारतीय जनता युवा मोर्चाको दार्जिलिङ जिल्ला सचिव बिनय प्रसाद, भारतीय जनता पार्टी दार्जीलिङ जिल्लाको सोसियल मिडिया प्रभारी चन्दन प्रसाद आदि उपस्थित रहेका थिए। उक्त पत्रकार सम्मेलनमा भारतीय जनता पार्टीको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश अग्रवालले ५० वर्ष अघि आजको दिन नै २५ जून १९७५ सालमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गरेको जुन सठीक नरहेको र कुनै लजिक नभएको बताएका छन्‌। उनले त्यो आपतकाल संविधानको हत्या रहेको बताउँदै यसलाई भाजपाले कालो दिवस एंव संविधानको हत्या दिवसको रुपमा पालन गर्दै आईरहेको जानकारी गराएका छन्। वरिष्ठ अधिवक्ता रमेश अग्रवालले भने, देशको संविधानलाई हत्या गर्दा देशको स्थिति कस्तो हुन्छ होला भन्दै तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले आपतकाल घोषणा गरेर संविधानको धारा ३५२(१) र तत्कालीन राष्ट्रपतिमार्फत् आपतकालीन रुपमा नोटिफिकेशन जारी गर्दै आपतकाल घोषणा गरेका थिए। त्यो आपतकाल सुरक्षाको‌ कारण देखाइएको थियो तर त्यो सुरक्षा बाहिरबाट थिएन केवल भित्री‌ थियो अनि आपतकालको‌ घोषणा तेतिबेला हुन्छ जतिबेला देशलाई बाह्य शक्तिबाट खतरा हुन्छ।‌ बाह्य शक्तिबाट देशको सम्प्रभुसत्तालाई जन खतरा हुन्छ तब आपतकाल घोषणा गरिन्छ। तर १९७५ सालमा त्यो खतरा थिएन र तेतिबेला केवल भित्री सुरक्षाका कारण अचानक घोषणा गरिएको थियो।’
अधिवक्ता एंव भारतीय जनता पार्टीको नेता रमेश अग्रवालले अघि भने, त्यसबेला आपतकाल घोषणा हुँदा नागरिकहरुको मौलिख अधिकारहरु पनि खोसिएको थियो। उक्त आपतकाल समयमा संविधानले दिएको नागरिकहरुको मौलिख अधिकारहरु धाराहरु १४, १९, २१, २२ आदि मूल्यवान अधिकारहरु हनन गरिएको थियो। आपतकाल घोषणामा कुनै लजिक थिएन, कुनै सठीकता थिएन। लजिक एउटै थियो कि आफु पावरमा बसिरहनु।‌ त्यसैले नै भारतीय जनता पार्टीले उक्त दिनलाई कालो दिवस एंव संविधानको हत्या दिवसको रुपमा पालन गर्ने गरेको छ।’
उनले अझ भने, ‘यस विषयमा भाँढी पिढीलाई सचेत गराउन आवश्यक छ‌। संविधानको हनन हुनु हुँदैन। भविष्यमा संविधानलाई काचाक-कुचुक पारेर तानाशाही हुनु हुँदैन।‌किनभने यो देश लोकतान्त्रिक देश हो।‌ यस्तो स्थिति आई परेमा घोर विरोध जनाउनुपर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement