पहिलो टेस्ट म्याच हारेर पनि रेकर्ड बनायो भारतले

IMG-20250625-WA0053

लीड्स: लीड्सको हेडिंग्लेमा ईंग्ल्याण्डविरुद्ध पहिलो टेस्ट म्याचमा निराशाजनक हारको साथ भारतले एउटा नचाहिँदो रेकर्ड बनायो। ईंग्ल्याण्डले जीतको निम्ति ३७१ रनको लक्ष्यलाई सजिलै हासिल गरी ५ वटा टेस्ट म्याचको सीरीजअन्तर्गत पहिलो टेस्टमा भारतलाई पराजित गऱ्यो। पहिलो टेस्टमा भारतीय टीमले ५ वटा शतक बनाए पनि हारको सामना गर्नु पऱ्यो। यसरी भारत कुनै टेस्ट म्याचमा ५ वटा शतक बनाएर पनि पराजित हुने पहिलो टीम बन्यो। मंगलवार सम्पन्न पहिलो टेस्टमा भारतीय टीमले जम्मा ५ वटा शतक बनायो। यसमा टीमका उपकप्तान तथा विकेटकीपर ब्याटर रिषभ पन्तले म्याचको दुवै ईनिंग्समा शतक बनाए। उनले पहिलो ईनिंग्समा १३४ र दोस्रो ईनिंग्समा ११८ रन बनाए। यसबाहेक कप्तान शुभमन गिलले १४७, यशस्वी जयसवालले १०१ र केएल राहुलले १३७ रन बनाए। यसअघि टेस्ट क्रिकेटको इतिहासमा केवल एकपल्ट अष्ट्रेलियाले ४ वटा शतकपछि पनि हारको सामना गर्नु परेको थियो। अष्ट्रेलियाले १९२८-मा ईंग्ल्याण्डविरुद्ध मेलबर्नमा खेलिएको टेस्ट म्याचमा यसरी हारको सामना गर्नु परेको थियो। भारतले पहिलो टेस्ट म्याचको दुईवटा ईनिंग्स मिलाएर जम्मा ८३५ रन बनायो, जुन कुनै पनि टीमले म्याच गुमाउँदा बनाएको चौथो सर्वाधिक स्कोर हो। ईंग्ल्याण्ड र भारतले पहिलो टेस्ट म्याचमा जम्मा १६७३ रन बनायो, जुन यी दुई टीमबीच खेलिएको कुनै पनि टेस्ट म्याचको सर्वोच्च स्कोर हो। यसअघि १९९०-मा म्यानचेष्टरमा ड्र रहेको टेस्ट म्याचमा दुई टीमले मिलेर १६१४ रन बनाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement