गोल्डन स्पाइक एथलेटिक्स मीटमा खिताब जित्न सफल नीरज चोपड़ा

IMG-20250625-WA0051

नयाँ दिल्ली: भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले चेक रिपब्लिकको ओस्ट्रावामा आयोजित गोल्डन स्पाइक एथलेटिक्स मीटमा ८५.२९ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ खिताब जिते। नीरजले पुरुषहरूका ज्याभलिन थ्रो स्पर्धामा असाधारण प्रदर्शन अनि शीर्ष स्थानमा रहे। यो त्यही टुर्नामेण्ट हो जसलाई नीरजका वर्तमान कोच तथा विश्व रेकर्ड धारक जेन जेलेज्नीले आफ्नो करियरमा ९ पल्ट जितेका थिए। उनले १९८६-देखि २००६-बीच खिताब जितेका थिए। पेरिस डायमण्ड लीगमा केही दिन अघि मात्र खिताब जित्ने भारतीय एथलीटलाई आत्मविश्वासी देखियो। नीरजले चोटले गर्दा गत २ साल यस टुर्नामेण्टमा हिस्सा लिन सकेका थिएनन् तर यसपाली हिस्सा लिएर उनले शीर्ष स्थान हासिल गरे। स्पर्धामा नीरजको पहिलो प्रयास फाउल रह्यो। उनले दोस्रो प्रयासमा ८३.४५ मीटर र तेस्रो प्रयासमा ८५.२९ मीटरको थ्रो गरे। उनको तेस्रो प्रयासले नै अन्तमा खिताब सुनिश्चित गऱ्यो। नीरजले पछिबाट चौथो प्रयासमा ८२.१७ मीटर र पाँचौं प्रयासमा ८१.०१ मीटरको थ्रो गरे। उनको छैटौं तथा अन्तिम प्रयास फाउल रह्यो। स्पर्धामा दक्षिण अफ्रिकाका डोउ स्मिथले ८४.१२ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ दोस्रो स्थान हासिल गरे। यसरी २०१९-का वर्ल्ड च्याम्पियन ग्रेनाडाका एण्डरसन पीटर्स (८३.६३ मीटर) तेस्रो स्थानमा रहे। उल्लेखनीय छ, नीरजले आफ्नो असल फर्मलाई कायम राख्दै पहिला पेरिस अनि यसपाली ओस्ट्रावामा खिताब जिते। उनले गत महिना दोहा डायमण्ड लीगमा दोस्रो स्थानमा रहँदै ९० मीटरको आँकड़ालाई पार गरेका थिए। उनले दोहामा ९०.२३ मीटरको थ्रो गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement