लीड्स: भारतका विकेटकीपर ब्याटर रिषभ पन्तलाई ईंग्ल्याण्डविरुद्ध जारी पहिलो टेस्ट म्याचको तेस्रो दिन अम्पायरको फसेलामाथि असन्तुष्टि व्यक्त गरेकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) – ले चेताउनी दियो। घटना ईंग्ल्याण्डको ईनिंग्सको ६१औं ओभरमा भयो जब ह्यारी ब्रूक र बेन स्टोक्स ब्याटिंग गरिरहेका थिए। त्यस समय अम्पायरहरूले बल बद्लिन अस्वीकार गर्दा पन्तले असन्तुष्टि व्यक्त गर्दै बललाई मैदानमा फ्याँकेका थिए। पन्तलाई आईसीसी आचार संहिताको लेवल १-को उल्लंघनको दोषी पाइयो। मैदानमा यस्तो व्यवहारको निम्ति पन्तलाई चेताउनी पनि दिइयो। गत दुई सालमा यो उनको पहिलो घटना हो। यसको निम्ति पन्तको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट पोइण्ट पनि जोड़ियो। पन्तले पनि आफ्नो गल्ती र आईसीसी म्याच रेफरी रिची रिचर्डसनद्वारा प्रस्तावित शास्तीलाई स्वीकार गरेका छन्। यसैकारण औपचारिक सुनुवाईको आवश्यकता परेन।