पहिलो टेस्ट म्याचमा ५ विकेटले पराजित भयो भारत

IMG-20250625-WA0011

लीड्स: भारतले ईंग्ल्याण्डविरुद्ध पहिलो टेस्ट म्याचमा ५ विकेटले हारको सामना गर्नु पऱ्यो। यस जीतको साथ आयोजक ईंग्ल्याण्डले ५ वटा टेस्ट म्याचको एण्डरसन-तेन्दुलकर ट्रफी सीरीजमा १-०-को बढ़त हासिल भयो। जीतको निम्ति प्राप्त भएको ३७१ रनको लक्ष्यलाई पछ्याउँदै ईंग्ल्याण्डले मंगलवार म्याचको पाँचौं तथा अन्तिम दिन आफ्नो चौथो ईनिंग्समा ५ विकेटमा ३७३ रन बनाएर जीत हासिल गऱ्यो। ईंग्ल्याण्डको दोस्रो ईनिंग्समा ओपनर बेन डकेटले सर्वाधिक १४९ रन बनाए। उनले १७० बल खेलेर २१ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक ज्याक क्रलीले ६५, जो रुटले अविजित ५३ र जेमी स्मिथले अविजित ४४ रन बनाए। भारतीय बलरहरूमा प्रसिद्ध कृष्णा र शार्दुल ठाकुरले २-२ विकेट लिए। अन्य एक विकेट रविन्द्र जडेजाको खातामा गयो। टीमका प्रमुख दुई पेस बलर जसप्रीत बुमराह र मोहम्मद सिराजलाई आज कुनै सफलता हासिल भएन। सोमवारको स्कोर कुनै विकेट नगुमाइ २१ रनदेखि अघि खेल्दै ईंग्ल्याण्डको निम्ति डकेट र क्रलीले असल शुरुवात गरे अनि यी दुईजनाले पहिलो विकेटको निम्ति १८८ रनको पार्टनरशीप गरेर भारतलाई भारतको नियन्त्रणबाट बाहिर गरे। कृष्णाले पछिबाट क्रली र ओली पोप (८ रन)-लाई लगातार अन्तरालमा आउट गरे पनि डकेटले मैदान छोड़ेनन्। शार्दुल ठाकुरले फेरि डकेट र ह्यारी ब्रूक (शून्य)-लाई लगातार बलमा आउट गरेर भारतलाई म्याचमा फर्काउने प्रयास गरे पनि रुटले अन्तसम्म क्रीजमा रहेर ईंग्ल्याण्डलाई जीत दिलाए। रुटले कप्तान बेन स्टोक्स (३३ रन) र जेमी स्मिथसँग असल पार्टनरशीप गरे। रुट र स्मिथले छैटौं विकेटको निम्ति ७१ रनको अटूट पार्टरशीप गरे। स्मिथले ५५ बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए। यसरी रूटले ८४ बल खेलेर ६ वटा चौका लगाए। उल्लेखनीय छ, म्याचमा पहिला ब्याटिंग गर्दै भारतले आफ्नो पहिलो ईनिंग्समा ४७१ रन बनाएको थियो। त्यसपछि ईंग्ल्याण्डको पहिलो ईनिंग्स ४६५ रनमा समाप्त भएको थियो। भारतले पछिबाट आफ्नो दोस्रो ईनिंग्समा ३६४ रन बनाउँदा ईंग्ल्याण्डलाई म्याच जित्न ३७१ रनको लक्ष्य हासिल भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement