के-लीग: जर्जियन एफसी र नादोङ भूटिया फूटबल एकाडमी सेमिफाइनलमा पुग्न सफल

photocollage_20256250452314

कालेबुङ: कालेबुङ डिस्ट्रिक्ट फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित कालेबुङ फूटबल लीग (के-लीग)-मा मंगलवार अन्तिम २ वटा क्वार्टर फाइनल म्याच खेलियो। मेला ग्राउण्ड मा खेलिएको तेस्रो क्वार्टर फाइनल म्याचमा जर्जियन एफसीले युनाइटेड जलढाका एफसीविरुद्ध ७-० ले जीत हासिल गऱ्यो। यस चरम एकतर्फी म्याच मा विजेता टीमको तर्फबाट देवाशिष राई, कुञ्जमान थापा र बार्थोस हांग लिम्बुले २-२ गोल गरे। यसबाहेक एडवार्ड लेप्चाले १ गोल गरे। विजेता टीमका बार्थोस हांग लिम्बुले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यसरी अन्तिम क्वार्टर फाइनल म्याचमा नादोङ भूटिया फूटबल एकाडमीले शेयर एफसीविरुद्ध पेनल्टी शूटआउटमा ४-२ ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१ को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा शेयर एफसीको तर्फबाट रिषब तामाङले गोल गरे। यसरी नादोङ भूटिया फूटबल एकाडमीको तर्फबाट जोन राईले गोल गरे। जोन राईले प्लेयर अव् द म्याचको पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement