गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा रहेको वर्तमान एसकेएम सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आईरहेको छ भने यसक्रममा सिक्किम सरकारको स्वास्थ्य विभागीय मन्त्री जीटी ढुङ्गेलले स्वास्थ्य विभागमा कार्यरत ८९३ अस्थायी कर्मचारीलाई नियमित आदेश पत्र जारी गरे। नियमित प्रक्रियाअन्तर्गत कुल २,२६७ मध्ये स्वास्थ्य विभागले ८९३ कर्मचारीहरूको पहिलो समूहलाई नियमित आदेशपत्र जारी गरेको छ। बाँकी आदेशहरू क्रमवद्व रूपमा आउँदो हप्ताहभित्र जारी गरिने स्वास्थ्य मन्त्री ढुङ्गेलले जानकारी गराएका छन्। यस अवसरमा स्वास्थ्य विभागका सचिव छेवाङ ग्याछो भोटियालगायत विभागीय अन्य अधिकारीहरू पनि उपस्थित थिए। आज नियमित आदेशपत्र प्राप्त गर्नेहरूमा मंगन जिल्लाका ६२, सिङतामबाट ७७ जना ,नाम्चीबाट १८६, गेजिङ १५५ जना, सोरेङ जिल्लाबाट १७६ र एसटीएनएम अस्पताका २३७ जना कर्मचारीहरू रहेका छन्।