गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज नयॉं दिल्लीमा केन्द्रिय संस्कृति एवं पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतसॅंग शिष्टाचार भेट गरे।
राजभवनद्वारा जारी विज्ञप्ति अनुसार उक्त भेटमा सिक्किमको समृद्ध सांस्कृतिक विरासत, जनजातीय परम्पराहरू र प्राकृतिक सौन्दयलाई लिएर सकारात्मक चर्चा भयाे।
साथै, राज्यमा पर्यटनको सम्भावनाहरूलाई अझ सुदृढ गर्न विभिन्न पहलहरूमाथि पनि विचार-विमर्श भयो।
बैठकमा ‘रणभूमि दर्शन’ योजना अन्तर्गत सीमावर्ती क्षेत्रहरूमा सांस्कृतिक र विरासत आधारित पर्यटनलाई प्रोत्साहित गर्ने सम्भावनाहरूमाथि पनि विशेष रूपमा चर्चा भएको बताइएको छ।