राजधानीमा ड्रग्स र चोरीको घटनामाथि प्रशासन गम्भीर

IMG-20250624-WA0101

गान्तोक: गान्तोक निर्वाचन क्षेत्रका विधायक दिले नामग्याल बर्फुङपाको अध्यक्षतामा आज राजधानीस्थित एक होटलमा बसेको बैठकले विभिन्न मुद्दामाथि छलफल गरेको छ। यसअन्तर्गत नशालु पदार्थ र चोरीको घटनाहरुलाई लिएर एक समन्वय निर्णय लिएको छ। यस अवसरमा गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारे, डीआईजी तेञ्जिङ लोडेन लेप्चा, सदर थानाका एसएचओ निरज खतिवडा, गान्तोक नगर निगमका उपमेयर छिरिङ पाल्देन भोटियालगायत अन्य विभिन्न विभाग र संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। यस समन्वय सभामा विशेष गरेर राजधानीमा नशालु पदार्थको बढ़दो बिक्री र सेवनबारेमाथि सबैले आआफ्नो मन्तव्य प्रकट गरे। सभालाई सम्बोधन गर्दै डीआईजी लेप्चाले नशालु पदार्थविरूद्ध जोरथाङका महिलाहरूले जुन प्रकारले सक्रियरूपमा भूमिका निर्वाह गरिरहेका छन् सोही प्रकारले सबै जिल्लाका महिलाहरूले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने आग्रह गरे। वर्तमान समयमा नाम्ची जिल्लाका पुलिस अधिकारीहरूले नशालु पदार्थसम्बन्धी कुनैपनि गतिविधिबारे थाह पाएमा पुलिसलाई सुचित गर्नुपर्ने भीडियो सन्देश जारी गरेपछि स्थानीयहरूले सहयोग गरिरहेको बताए। उनले थप जानकारी गराएअनुसार नशालु पदार्थको लतमा लागेका युवाहरूलाई पुर्नावास केन्द्रमा पठाउने गरिन्छ तर त्यहाँबाट फर्किएर आएपछि उनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने सुझाउ दिए। पुर्नवास केन्द्बाबाट आएका रोगीहरुलाई रोजगारको निम्ति केही योजनाहरू सरकारले तयार गर्नुपर्ने आग्रह गरे। यस क्रममा जिल्लापाल निखारेले आमा अभिभावकहरुले आफ्ना छोरा-छोरीको प्रतिभालाई ध्यानमा राख्दै प्रोत्साहित गर्नुपर्ने सुझाउ दिए। उनले थप जानकारी गराएअनुसार राज्यका प्रतिभावान युवाहरूलाई राज्य सरकारले नै अवसर प्रदान गरेको अवगत गराए। विशेष गरेर राज्यमा आयोजन गरिने विभिन्न प्रकारको कार्यक्रममा स्थानीयहरूलाई प्राथमिकता दिएको खण्डमा उनीहरूको मनोबल बढने बताए। यसक्रममा सदर थानाका एसएचओ निरज खतिवडाले पुलिसले नशालु पदार्थको धन्दामा लिप्त आरोपीहरूलाई पक्राउ गर्दै आइरहे तापनि गवाहीको कमिले गर्दा छुटने गरेको जानकारी गराए। नशालु पदार्थ विरूद्धको अभियानमा सबैजना एक भएर अघि आउनु पर्ने आग्रह पनि उनले गरे। यस अवसरमा विधायक बर्फुङपाले राजधानी वरिपरि भएको चोरी साथै नशालु पदार्थको घटनालाई लिएर चिन्ता व्यक्त गरे। उनले यस प्रकारको घटनालाई लिएर पुलिसले गम्भीरतापूर्वक ध्यान लिएको अवगत गराए। यस प्रकारको घटनालाई नियन्त्रण गर्नको निम्ति पुलिससँगै आमनागरिकहरूले पनि समन्वय राखेर काम गर्नुपर्ने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement