छेत्री-बाहुन कल्याण सङ्‌‌घले भन्यो, चामलिङको बयान ‘बालसुलभ’

IMG-20250624-WA0103

गान्तोक: अखिल सिक्किम खस छेत्री-बाहुन कल्याण सङ्‌‌घ केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठक सङ्‌घका अध्यक्ष नारायण खतिवडाको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा गत २२ जूनको दिन पूर्व मुख्यमन्त्री पवन चामलिङले सिक्किमेली खस समुदायप्रति दिएको विषवमनरुपी भाषणमाथि गम्भीरपूर्वक छलफल भयो। प्रेस बयानमा उल्लेख गरेअनुसार चामलिङजस्तो आफैलाई जिम्मेवार नागरिक ठान्ने व्यक्तिबाट कुत्सित उद्देश्यका साथ राखेको वक्तव्यमाथि सङ्‌घको विरोध र भत्सर्ना छ। आज सङ्घको तर्फबाट जारी एक प्रेस बयानमा उल्लेख गरेअनुसार चामलिङले, सिक्किमका मानिस भारतीय हुँदा खस होइन छेत्री बाहुन भनी गाभिएको अनि अहिले आएर खस भन्दा त भारत सरकार छक्कै पर्ने भनी जुन वक्तव्य दिएका थिए त्यसले उनको स्तर कत्तिको रहेछ सबैलाई छर्लङ्‌गै छ। राज्यका खसह‌रूमाझ अनेकौँ जालझेल गरी फाटो ल्याउने पवन चामलिङको पुरानो रोग निको नभएको सङ्‌घको दाबी छ। अखिल सिक्किम खस छेत्री-बाहुन कल्याण संघले खस सिक्किमे मूलका हुन् भनेर सामाजिक कल्याण विभागद्वारा सिक्किम सरकार अधिसूचना सङ्ख्या ७४/एसडब्ल्यूडी/ एडीएम/२०२१ को पनि जिकिर गरेको छ। सिक्किम सरकारको डेस्मीले गरेको २०२२-को उन्नयन सर्वेक्षणमा छेत्री-बाहुन खस वर्गमा रहेको स्पष्ट उल्लेख भएको स्मरण गराउँदै जसले सिक्किममा खस समुदायको उपस्थितिलाई बलियोसँग प्रमाणित गरेको प्रमाणहरू यथेष्ट रहेको दाबी गरेको छ। यसरी नै देशका प्रधानमन्त्री नरेन्द्र मोदीले धेरैपटक आफ्नो सम्बोधनहरूमा खसको उल्लेख गरे वापत पनि भारत सरकार सिक्किममा खस जातिको बसोबासबारे पूर्णरूपले अवगत रहेको प्रस्ट हुन्छ त्यसर्थ, पवन चामलिङको उक्त वक्तव्यलाई सङ्घले सरासर अर्थहीन, अनुसन्धानविहीन र भ्रामक भनी बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement