गान्तोक: राज्यका राज्यपाल ओमप्रकाश माथुरले आज देशका राष्ट्रपति द्रोपदी मूर्मूसँग नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा शिष्टचार भेट गरे। भेटको क्रममा राज्यपालले राष्ट्रपति मुर्मूलाई सिक्किममा भइरहेका विभिन्न प्रकारको विकास कार्यबारे अवगत गराए। यसबीच उनले राज्यमा भएका विभिन्न विकास कार्यहरूमा राजभवनको पनि सहभागिता रहने बताए। यस अवधिमा राज्यपालले “उत्कर्ष यात्रा” शीर्षकको प्रकाशित पुस्तक पनि राष्ट्रपतिलाई प्रदान गरे। पुस्तकमा सिक्किममा पदभार ग्रहण गरेको छ महिनामा राज्यपालले गरेका प्रमुख कार्यहरू, पहलहरू र जनसम्पर्क अभियानहरूको विस्तृत विवरण समावेश गरिएको छ।