सिलगढ़ी: सिलगढ़ीको ज्वेलरी दाेकानमा भएको लुटको जाँच जति-जति अगाड़ि बढ़्दै गइरहेको छ उति-उति न चकित पार्ने जानकारीहरू सामु आइरहेका छन्। जाँचकर्ताहरू अनुसार गत आइतवार सिलगढ़ीमा भएको दुस्साहसिक डकेटीमा सामेल गिरोहको मुखिया बिहारका एकजना प्रभावशाली नेता हुन्।
प्रभावशाली व्यक्तिले नै पैसाले गिरोहलाई संचालन गर्दै आइरहेको छ।
सिलगढ़ी मेट्रोपलिटन पुलिसलाई पक्रा पर्ने दुईजना उपद्रवीहरू क्रमैले मोहम्मद शफिक खान र मोहम्मद शमशादसित जाँचबुझ गर्दा थाहा लाग्यो कि गिरोहको सदस्य आठ महिनापूर्व सिलगढ़ीमा आएको थियो। गिरोहको अर्को सदस्य नियमित रूपमा सिलगढ़ी आउने-जाने गर्दथ्यो अनि पूरा योजना बनाउँथ्यो। यसै सदस्यको माध्यमबाट प्रभावशाली व्यक्तिको पैसा गिरोहका सदस्यहरूसम्म पुग्थ्यो। यीनै सदस्यले हिलकार्ट रोडस्थित दाेकानलाई चुनेको थियो भने उसैको योजनाबाट सम्पूर्ण लुटलाई परिणाम दिइयो।
अर्कोतिर सिलगढ़ी पुलिस कमिश्नर सी सुधाकरले मंगलवार सिलगढ़ी थानामा राखिएका दुवै उपद्रवीहरूसित लामो समयसम्म जाँचबुझ गरे। पछि डीसीपी (ईस्ट) राकेश सिंह पनि त्यहाँ पुगे। दुवै उपद्रवीहरूसित जाँचबुझ सहित सीसीटीभी फुटेजको पनि लामो समयसम् जाँच गरियो। यद्यपि घटना घटेको २४ घण्टा बितिसक्दा पनि पुलिसले अन्य उपद्रवीहरूलाई किन समात्न सकेन, प्रश्न उठिरहेको छ। यो प्रश्न पनि उठेको छ, यतिका दिनसम्म रेकी गरेको भए पनि पुलिसले उनीहरूको बारेमा किन पत्तो लगाउन सकेको छैन। यी प्रश्नहरूको जवाफस्वरूप पुलिस कमिश्नरले भने, जाँचपछि तपाईहरूलाई सबै कुरा बताउनेछौं।
जाँचकर्ताहरूलाई थाहा लागेको छ, हिलकार्ट रोड लुटकाण्डलाई परिणाम दिनको लागि गिरोहले दुईजना महिलाहरूलाई काममा राखेको थियो जो काम सिद्धिएपछि निक्लिए। भनिन्छ, उनीहरू दिल्ली तर्फ गए। पुलिसको एक टीम उनीहरूलाई खोज्नको लागि प्रस्थान भइसकेको छ।